बिहीबार, कात्तिक १२, २०८३

प्रकाण्डलार्इ थप ३ दिन थुनामा राखिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काभ्रे- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थप ३ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।

काभ्रेको क्रसर उद्योगमा आक्रमण गरेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले अनुसन्धानका लागि समय लिन आइतबार अदालत पेश गरेको थियो। 

प्रहरीले अनुसन्धानका लागि ७ दिनको समय माग गरे पनि जिल्ला अदालत काभ्रेले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

यसअघि गैरकानूनी रूपमा चन्दा असुली गरेको आरोपमा २२ साउनमा दक्षिणकालीबाट पक्राउ परी हिरासतमा राखिएका उनलार्इ सर्वोच्चले रिहाको आदेश गरेलगत्तै भदौ १ गते पुन: गरेको थियो। 

उनलार्इ शुक्रबार सर्वोच्चले रिहा गर्ने आदेश दिएलगत्तै काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरी जिल्ला कारागार काभ्रे पठाइएको थियो। यसअघि प्रकाण्डका छोरा नरेन्द्रबहादुरले उनलाई गैरकानूनी थुनामा राखेको बताउँदै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। जसको सुनुवार्इ गर्दै न्यायाधीश चोलेन्द्रसमशेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको थियो ।

उनलार्इ केही महिनाअघि काभ्रेमा एनसेल टावरमा आगजनी गराएको अभियोगमा उनलार्इ फेरि पक्राउ गरिएको थियो। सार्वजनिक सम्पति नष्ट गरेकोसमेत अभियोग लागेपछि उनलाई पक्राउ गरिएको हो। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।