सोमबार, मंसिर २९, २०८२

माओवादीमा किन कठिन बन्दैछ पदाधिकारी चयन?

अर्थमन्त्रीबाट शर्माको बहिगर्मन भएकै दिन आएको पुनको अभिव्यक्तिले पनि उनी मन्त्रीभन्दा महासचिव बन्न इच्छुक भन्ने प्रष्ट पारेको छ।
 |  मंगलबार, असार २८, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

मंगलबार, असार २८, २०७९

काठमाडौं- गत पुसमा राष्ट्रिय सम्मेलनका रुपमा सुरु भएको ‘भेला’लाई उद्घाटनपछि नेकपा माओवादी केन्द्रले महाधिवेशनमा परिणत गरेको थियो। आठ दिनसम्म चलेर १८ पुसमा सम्पन्न महाधिवेशनले अध्यक्षबाहेकका पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोको टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई सुम्पिएर सकिएको थियो। 

National life

महाधिवेशन सकिएको ६ महिना पुगिसक्दा पनि सबै पदाधिकारीको टुंगो माओवादीले लगाउन सकेको छैन। ठूलो सकसपछि गएको बिहीबार भने काठमाडौंमा बसेको पार्टीको केन्द्रीय कमिटी बेठकले दुई उपाध्यक्षको नाम टुंग्याएपनि महासचिव टुंगो लगाउनु पार्टीलाई फलामको च्युरा भएको छ। बैठकले पार्टीको उपाध्यक्षमा नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई चयन गरेको थियो।

सोही दिन १२५ जना सदस्य र ३१ जना वैकल्पिक सदस्यसहितको १५६ सदस्यीय पोलिटब्युरो गठन गरिएको छ। ४१ सदस्य पुर्‍याउने भनिएको स्थायी कमिटीमा १५ जनाको नाम मात्रै राखिएको छ। 

माओवादीको विधानअुनसार एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्षसहित २ सय ९९ केन्द्रीय कमिटी निर्वाचित हुनुपर्छ। तर, दुई उपाध्यक्षबाहेक महासचिवसहित अन्य पदाधिकारीको टुंगो माओवादीले लगाउन सकेको छैन।

सोही दिन १२५ जना सदस्य र ३१ जना वैकल्पिक सदस्यसहितको १५६ सदस्यीय पोलिटब्युरो गठन गरिएको छ। ४१ सदस्य पुर्‍याउने भनिएको स्थायी कमिटीमा १५ जनाको नाम मात्रै राखिएको छ। 

हुन त उपाध्यक्ष चयनको काम पनि प्रचण्डको लागि सहज भएको थिएन। नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष चयन गर्ने विषय आउँदा पार्टीभित्रैबाट विरोध भएको थियो। हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा पनि प्रचण्डले भनेका थिए, ‘वरिष्ठ उपाध्यक्षमा त नारायणकाजीको विकल्प को छ र? खगराजजीले पढ्नुहुन्छ, मातृकाजीले विरोध गरिहाल्नुहुन्छ।’ यसरी पदाधिकारी चयनको लामो पीडाबाट गुज्रिएका प्रचण्डले अन्तत: दुई उपाध्यक्षको टुंगो लगाए। 

Laxmi sunrise bank
kumari

बाँकी पदाधिकारीको नाम टुंग्याउन प्रचण्डलाई सहज छैन। महासचिव चयनको विषयमा प्रचण्ड प्रवेश गर्न चाहेकै छैनन्। माओवादी नेताहरुकाअनुसार महासचिवमा विवाद देखिएकोले नै पदाधिकारी चयनमा ढिला भइरहेको हो।

प्रकाशित: Jul 12, 2022| 21:52 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...