काठमाडौं- सर्वोच्च अदालतले सरकारसँग नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाउनुको कारण माग गरेको छ।
कामिनीको रिटमाथि सुनुवार्इ गर्दै आइतबार सर्वोच्चले उनलार्इ हटाउनुको कारण माग गरेको हो। सरकारले साउन २९ गते कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै बर्खास्त कामिनीलार्इ हटाउने निर्णय गरेको थियो।
आफूलार्इ हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै कामिनी सर्वोच्च पुगेकी थिइन्। उनको रिटमाथि सुनुवार्इ गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४