मंगलबार, चैत ३, २०८२

त्रिवि व्यवस्थापन संकायको डीन कार्यालयमा विद्यार्थीको विरोध प्रदर्शन

बीबीए छैटौं सेमेस्टरको परीक्षामा निरन्तर त्रुटि पाइएपछि विद्यार्थीले मागे व्यवस्थापन संकायका डीनको राजीनामा।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले परीक्षामा निरन्तर लापर्वाही गरेको भन्दै मंगलबार पनि विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्। कीर्तिपुरस्थित त्रिवि व्यवस्थापन संकायको डीन कार्यालयमा विद्यार्थीले प्रदर्शन गरेका हुन्। 

विद्यार्थीले डीनको राजीनामा माग गरेका छन्। बीबीए छैटौं सेमेस्टरको परीक्षामा निरन्तर त्रुटि पाइएपछि उनीहरु आन्दोलित भएका हुन्। व्यवस्थापन संकायतर्फको ‘एमजीटी २०३’ अर्गनाइजेसन बिहाभियर विषयको प्रश्नपत्र मोर्डन नेपाल कलेजको ‘प्रि–बोर्ड’ परीक्षाको प्रश्नपत्रसँग हुबहु मिल्न गएको पाइएको थियो।

त्यस्तै, अर्को दिन पाँचौं सेमेस्टरमा सोधिएको ‘सोसियोलोजी’को प्रश्न ‘नेपालिज सोसाइटी एन्ड पोलिटिक्स’ विषयकै लेटरहेडमा दोहोर्‍याएको थियो। यस विषयमा डिन कार्यालयले विज्ञप्ति निकालेर दोषी प्राध्यापकलाई कारबाही गर्ने बताइसकेको छ। तर त्रिविले झारा टार्न मात्र विज्ञप्ति निकालेको भन्दै विद्यार्थी असन्तुष्ट छन्।

प्रकाशित: Jul 12, 2022| 15:50 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्