कामठाडौं : नेपाली कांग्रेसले स्थानीय तहले चालु आर्थिक बर्षको लागि वृद्धि गरेको करको बिषयलाई लिएर समिक्षा गर्ने भएको छ।
नेपाली कांग्रेसले गत बर्ष सम्पन्न भएको सात सय ५३ मध्ये दुई सय ६६ स्थानमा प्रमुख पदमा विजय हासिल गरेको थियो। कांग्रेसका ४१ जनाले उपप्रमुख र उपाध्यक्ष मात्र जितेका छन्। स्थानीय तहमा कांग्रेसले जितेका नगरपालिकाका प्रमुख र गाउँपालिका अध्यक्षले कर बृद्धि गरेको गुनासो आएपछि कांग्रेसले उनीहरुसँग छलफल गर्न लागेको हो।
कांग्रेसले विराटनगर महानगरपालिका र धनगढी उपमहानगरपालिका लगायतका महत्वपूर्ण स्थानीय तहमा वस्तु र सेवामाथिको कर र शुल्यमा सतप्रतिशत र त्यसमाथि समेत कर बृद्धि गरेको गुनासो आएको थिया। तर, धनगढी उपमहानगरपालिकाका मेयरले वृद्धि गरेको कर फिर्ता लिइसकेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आगामी भदौ ११ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा देशभरका कांग्रेसबाट चुनाव जितेका नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई भेलाका लागि बोलाएको हो।
कांग्रेसका सांसदहरुले सदनमा स्थानीय तहले कर वृद्धिको विरोधमा आवाज उठाइरहँदा कांग्रेसले जितेका केही स्थानीय तहमा समेत ृद्धि गरेको देखिएकोले स्वभाविक कर वृद्धि मात्र गर्न निर्देशन दिने उद्देश्यले यस्तो भेला गर्न लागिएको प्रवक्ता शर्माले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४