बिहीबार, कात्तिक १२, २०८३

पार्टी अध्यक्ष कमल थापा बने राप्रपाको सक्रिय सदस्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले सक्रिय सदस्य वितरण अभियानलाई तिव्रता दिएको छ। आज पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागद्वारा आयोजित कार्यक्रममा अध्यक्ष कमल थापाले महामन्त्री एवं संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देनको हातबाट सक्रिय सदस्यता लिएका छन्। 

यसैगरी अध्यक्ष कमल थापाले उपाध्यक्ष बुद्धिमान तामाङ, टंक ढकाल, महामन्त्री राजेन्द्र लिङ्देन, वरिष्ठ नेता बालाराम घर्ती मगर, कोषाध्यक्ष उद्धब पौडेल, सह-महामन्त्री चन्द्रबहादुर बहादुर गुरुङ, सचिवालय प्रमुख भास्कर भद्रालगायतका पदाधिकारी र सदस्यहरु र पाँच सय भन्दा बढी विभिन्न तहका सदस्यलाई सक्रिय सदस्यता प्रदान गरेका हुन्। 

गत जेठमा विरगंजमा सम्पन्न केन्द्रीय परिषदको बैठकले निर्देश गरे बमोजिम र त्यस लगत्तै काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कार्यान्वयन गर्ने निर्णय अनुसार संगठन विभागले कार्यविधि बनाइ अभियानको सदस्यता वितरण शुरु गरेको हो। 

नयाँ व्यवस्था अनुसार पुरानो सदस्यताको अनिवार्य नवीकरण र चालू वर्षमा थप पचास हजार सक्रिय सदस्य बनाउने लक्ष्य राप्रपाले लिएको छ। राप्रपालाई स्मार्ट पार्टी बनाउने अभियान अन्तर्गत सफ्टवेयर बनाएर सबै किसिमका सदस्यको इलेक्ट्रोनिक अभिलेखिकरणको तयारी गरिदैछ।

राप्रपाले सक्रिय सदस्य कै आधारमा महाधिवेशन प्रतिनिधि चयन गर्ने विषयमा छलफल थालेको छ, यसअघि गाउँ, नगर, क्षेत्र, जिल्लाको प्रतिनिधित्वका आधारमा महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्थालाई परिवर्तन गरि यो नयाँ व्यवस्था गर्न छलफल थालिएको हो।

राप्रपाले पार्टीलाई प्रजातान्त्रिक र समावेशी बनाउन विधान मै परिमार्जन गर्न लागेको छ। 

राप्रपा प्रचार विभाग प्रमुख, मोहन श्रेष्ठ भने, 'विरगंजमा गत जेठमा सम्पन्न केन्द्रीय परिषद बैठकमै यसबारे बृहत छलफल भएको थियो, विधान संशोधन गर्न उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा एक समिति गठन गरिएको छ जसले सरोकारवाला पक्षसँग छलफल र अन्तर्क्रिया गरि केही दिन मै विधान संशोधनको अन्तिम प्रतिवेदन केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पेश गर्ने तयारी भइरहेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।