सोमबार, वैशाख २४, २०८१

तराईदेखि काठमाडौंसम्म नाइरोबी फ्लाई, थाहै छैन सरकारलाई

तराईदेखि काठमाडौंसम्मका जिल्लामा नाइरोबीका लक्षण भएका बिरामी बढ्न थालेपनि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हालसम्म यसका कुनै पनि केस रिपोर्ट नभएको दाबी गरेको छ।
 |  मंगलबार, असार २८, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

मंगलबार, असार २८, २०७९

काठमाडौं- यतिबेला नेपालका पूर्वीदेखि पश्चिमसम्मको तराई र काठमाडौं उपत्यकामा समेत 'नाइरोबी फ्लाई'को लक्षण भएका बिरामी बढ्दै गएका छन्। नाइरोबी फ्लाईकै जस्तो छालामा समस्या भएका बिरामीको संख्या बढेको चिकित्सकहरूले बताएका छन्। यद्यपि सरकारले भने यस विषयमा रिपोर्टिङ नभएको दाबी गरेको छ।  

triton college

नाइरोबी फ्लाइ नामक किराबाट छालामा बिमिरा उठ्ने, रातो हुने, पिप बग्ने, पोल्ने जस्ता समस्या भएका बिरामीको संख्या बढेपनि पहिचानको जिम्मा पाएको सरकारी निकाय निष्क्रिय भएर बसेको छ। नाइरोबी फ्लाईका कारण समस्या देखिएको भनेर सरकारी निकायले पुष्टि गरेका छैनन्। बिरामीको लक्षणका आधारमा मात्रै चिकित्सकले नाइरोबीका बिरामी देखिएको बताएका हुन्। 

तराईदेखि काठमाडौंसम्मका जिल्लामा नाइरोबीका लक्षण भएका बिरामी बढ्न थालेपछि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले  यसको अध्ययनका लागि विज्ञ खोज्न थालेको बताएको छ। महाशाखाका किटजन्य शाखा प्रमुख गोकर्ण दाहालका अनुसार हालसम्म महाशाखामा कुनैपनि केस रिर्पोट भएका छैनन्। 

‘पूर्वका केही जिल्ला र पश्चिमका केही जिल्लाहरुमा नाइरोबी फ्लाईका बिरामी भेटिएको भन्ने खबर सुनिएको छ, हामीले नाइरोबी देखिएको भनिएका जिल्लामा चिकित्सकहरुसँग बुझ्ने काम गरिरहेका छौं,' दाहालले भने, 'चिकित्सकहरुले नाइरोबी फ्लाई नाम दिएकाले हामीले पनि तत्काल सोही सम्बोधन गरेका छौं। तर यस विषयमा अध्ययन भइरहेकाले थप कुरा थाहा पाउन केही समय कुर्नुपर्छ, हामीले विज्ञहरुसँग छलफल गरिरहेका छौं, किराविद्हरु पनि थोरै भएकाले उहाँहरुसँग पनि छलफल गर्न खोजिरहेका छौं।'

मासुको बायोप्सी गरेर नाइरोबी पहिचान गर्न सकिन्छ। यद्यपि छालारोग विशेषज्ञहरुले अस्पतालहरुमा बिरामी आएपछि ‘पेडेरस डर्माटाइटिस' नाम दिएका छन्। पेडेरस डर्माटाइटिसको विभिन्न कारणमध्ये एउटा कारण नाइरोबी फ्लाई पनि एक भएको दाहाल बताउँछन्। त्यसैले नाइरोबी  हो/होइन भनर पुष्टि हुन केही समय लाग्ने उनी बताउँछन्। 

corrent noodles
Metro Mart
नाइरोबी फ्लाईको सम्पर्कमा भएका व्यक्तिमा ८ देखि १२ घण्टामा लक्षण देखिन्छ। यसले धेरै समस्या देखिँदैन। एक हप्तामा निको हुँदै जान्छ। 

झापामा ‘नाइरोबी फ्लाई’सँग सम्पर्क भएपछि छालामा समस्या देखिएका बिरामी अस्पताल पुग्ने क्रम तीव्र रूपमा बढेको छ। दमक अस्पतालका छालारोग विशेषज्ञ डा. गुरु पौडेलका अनुसार अस्पतालमा एक साताको अवधिमा अस्पतालमा नाइरोबीको लक्षण देखिएका झन्डै ३ सय बिरामी अस्पताल पुगेका छन्।  दैनिक ३० जनाभन्दा माथि बिरामी अस्पताल पुग्ने गरेको उनले जानकारी दिए। 

इपिडिमियोलोजीका शाखा प्रमुख दाहालका अनुसार बर्खायामसँगै नाइरोबी फ्लाई किराको संक्रमण देखिन्छ। अहिले नेपालको पूर्वी भेग तथा पश्चिमको कञ्चनपुरमा समेत यस्ता बिरामी देखापरेका छन्। काठमाडौंको  सिभिल अस्पतालमा उक्त किराका कारण संक्रमित भएका दुई जनाको उपचार गरिएको छ। उनका अनुसार गत वर्ष पनि यस्तै संक्रमण भएका तीन/चार जना बिरामी भेटिएका थिए। तर यसपटक धेरै बिरामी भेटिएको उनले उल्लेख गरे। 

‘यो सर्ने रोग होइन। किरा मानिसको शरीरमा बस्दा वा मानिसले किरालाई हातले छुँदा किरा थिचिन जाँदा त्यसको रस निस्कन्छ र सो रसमा हुने एसिडले छालामा गराउँदा छाला रातो हुने, बिबिरा आउने, जनैखटिरा आउने, चिलाउने जस्ता लक्षण देखिन्छ,' नाइरोबीका लक्षण उल्लेख गर्दै दाहालले भने, 'तर यसले जनस्वास्थयमा ठूलो नोक्सान गर्दैन। कीराको सिधै सम्पर्कमा आएपछि मात्रै यसले असर गर्छ।’

नाइरोबी फ्लाईको सम्पर्कमा भएका व्यक्तिमा ८ देखि १२ घण्टामा लक्षण देखिन्छ। यसले धेरै समस्या देखिँदैन। एक हप्तामा निको हुँदै जान्छ। 

बच्ने कसरी?

नाइरोबी फ्लाई कालो र पहेँलो धर्सा भएको कीरा हो। डा. पौडेलका अनुसार यो कीरा मनसुनमा बढी सक्रिय हुन्छ। मनसुनी रात यो किरालाई मन पर्ने समय हो। यो किराको केमिकल मानिसको शरीरमा परेपछि छाला रातो हुने, फोका उठ्ने र पोल्ने समस्या हुन्छ। केमिकल परेको  ८ देखि १२ घण्टाभित्र लक्षण देखिन्छ।

त्यसैले यसबाट जोगिनका लागि शरीरमा नाइरोबी कीराले छोएको थाहा भएमा तत्काल साबुनपानीले धुनुपर्छ। रातीको समयमा सक्रिय हुने हुनाले झुलको प्रयोग गरेर सुत्नुपर्छ। मोबाइलको उज्यालोमा समेत नाइरोबी फ्लाई रमाउने भएकाले सुत्दा बत्ती तथा मोबाइलको उज्यालो बनाउन हुँदैन। साथै कीरा बसेको ठाउँलाई साबुन पानीले राम्रोसँग धुनुपर्छ। हात तथा उक्त ठाउँलाई राम्रोसँग नधोएसम्म शरीरको कुनै पनि अन्य भाग हुँदैन। चिकित्सकका अनुसार आँखामा यसको एसिड परेमा झनै खतरनाक हुन्छ। त्यसैले सकेसम्म आँखामा हात पुर्‍याउनु अगाडि साबुनपानीले हात धुनुपर्छ। त्यसैले आफ्नो शरीरमा केही समस्या देखिने बित्तिकै अस्पताल जान चिकित्सकले सुझाएका छन्।

प्रकाशित: Jul 12, 2022| 08:44 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्