मंगलबार, चैत ३, २०८२

बागलुङमा डेंगु भेटिएसँगै स्वास्थ्यकर्मीले दिए यस्तो सुझाव

लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको संक्रमण जिल्लाका दुई जनामा भेटिएको हो।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

बागलुङ- बागलुङमा डेंगुका बिरामी फेला पर्न थालेका छन्। गर्मी बढेसँगै जिल्लामा डेंगुको जोखिम देखिन थालेको हो। लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको संक्रमण जिल्लाका दुई जनामा भेटिएको हो। 

National life

धौलागिरी अस्पतालमा उपचार गर्न आएको एक  महिला र एक पुरुषमा लक्षण देखिए पछि परीक्षण गर्दा डेंगु पुष्टि आएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन डा. शैलेन्द्र बि पोखरेलले जानकारी दिए।

उनीहरु शनिबार र आइतबार अस्पताल भर्ना हुन आएका थिए। संक्रमित बागलुङ नगरपालिका वडा नं ७ का र ९ रहेका छन्। ती बिरामीको  अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ। 

उच्च तापक्रम रहेको ठाउँमा पाइने एडीच प्रजातिको लामखुट्टेले टोकेपछि डेंगु हुने हुँदा सरसफाईमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ। वर्षातका कारण जमेको पानीबाट बढी लामखुट्टे उत्पादन हुने गरेकाले पानी जम्ने खाल्डाखुल्टी पुर्नु पर्ने स्वास्थ्यकर्मीको सुझाव छ।

प्रकाशित: Jul 12, 2022| 06:44 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्