बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • नोभेम्बर सम्ममा विश्वको जनसङ्ख्या ८ अर्ब पुग्‍ने : राष्ट्रसंघ

नोभेम्बर सम्ममा विश्वको जनसङ्ख्या ८ अर्ब पुग्‍ने : राष्ट्रसंघ

नोभेम्बर १५ सम्ममा विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ। संयुक्त राष्ट्रसंघका अधिकारीले सोमबार विश्व जनसङ्ख्या दिवसका अवसरमा दिएको जानकारी अनुसार सन् २०२३ मा भारतले चीनलाई सबैभन्दा बढी जनसङ्ख्या भएको मुलुकको रूपमा उछिन्ने प्रक्षेपण पनि गरिएको छ।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

संयुक्त राष्ट्रसंघ- नोभेम्बर १५ सम्ममा विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ। संयुक्त राष्ट्रसंघका अधिकारीले सोमबार विश्व जनसङ्ख्या दिवसका अवसरमा दिएको जानकारी अनुसार सन् २०२३ मा भारतले चीनलाई सबैभन्दा बढी जनसङ्ख्या भएको मुलुकको रूपमा उछिन्ने प्रक्षेपण पनि गरिएको छ।

उक्त अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले भने, 'पृथ्वीको हेरचाह गर्ने हाम्रो साझा जिम्मेवारी हो। यो हामी अझै पनि एक अर्काप्रति को प्रतिबद्धताहरू पूरा गर्न चुकेका छौं भन्ने कुरा मनन गर्ने क्षण हो।'

‘वल्र्ड पपुलेसन प्रस्पेक्ट्स २०२२’ अनुसार सन् १९५० देखि अहिलेसम्म आइपुग्दा जनसङ्ख्या वृद्धि दरमा सुस्तता आएको छ। सन् २०२० मा यो दर एक प्रतिशत भन्दा कम भएको थियो। विश्वको जनसङ्ख्या सन् २०३० मा लगभग आठ अर्ब ५० करोड, सन् २०५० मा नौ अर्ब ७० करोड र सन् २०८० को दशकमा करिब १० अर्ब ४० करोड पुग्ने अनुमान वल्र्ड पपुलेसन प्रस्पेक्ट्स २०२२ ले गरेको छ। 

उप सहारा क्षेत्रका अफ्रिकी देशहरूले सन् २०५० सम्ममा विश्व जनसङ्ख्याको वृद्धिको आधाभन्दा बढी योगदान गर्ने अनुमान गरिएको पनि उक्त रिपोर्टमा उल्लेख छ। सन् २०५० सम्म अनुमानित वृद्धिको आधाभन्दा बढी हिस्सा प्रजातान्त्रिक गणतन्त्र कङ्गो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया गरी आठ देशहरूमा केन्द्रित हुनेछ रिपोर्टमा उल्लेख गरिएको छ।

'तीव्र जनसङ्ख्या वृद्धिले गर्दा गरिबी निर्मूल हुन्छ, भोकमरी र कुपोषणविरूद्धको लडाईं अनि स्वास्थ्य तथा शिक्षा प्रणाली अझ जटिल हुन्छ। यसको विपरीत, दीगो विकास लक्ष्यहरू प्राप्त गर्नु, विशेष गरी स्वास्थ्य, शिक्षा र लैङ्गिक समानतासँग सम्बन्धित लक्ष्यहरू प्राप्त गर्दा प्रजनन स्तर कम गर्न र विश्व जनसङ्ख्या वृद्धिलाई सुस्त बनाउन योगदान पुग्नेछ,' रिपोर्टमा संयुक्त राष्ट्रसंघका आर्थिक तथा सामाजिक मामिलासम्बन्धी उप–महासचिव लिउ झेन्मिनले बताएका छन्।

kumari

उक्त रिपोर्टमा बताइएअनुसार हालैका दशकहरूमा धेरै देशहरूमा प्रजनन क्षमता उल्लेखनीय रूपमा घटेको छ। प्रजनन क्षमताको निरन्तर न्यून स्तर र कुनै–कुनै अवस्थामा, बसाइँ सराइको उच्च दरको कारण ६१ देश वा क्षेत्रहरूको जनसङ्ख्या सन् २०२२ देखि सन् २०५० को बीचमा एक प्रतिशत वा त्योभन्दा बढी घट्ने प्रक्षेपण गरिएको उक्त अध्ययनले जनाएको छ।

रिपोर्टमा सन् २०२२ मा विश्वको जनसङ्ख्या ६५ र त्योभन्दा बढी मुलुकमा जनसङ्ख्या १० प्रतिशतबाट बढेर सन् २०५० मा १६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। उक्त रिपोर्टमा भनिएको छ, 'वृद्ध जनसङ्ख्या भएका देशहरूले सामाजिक सुरक्षा र पेन्सन प्रणालीको स्थायित्वमा सुधार गर्नुका साथै विश्वव्यापी स्वास्थ्य सेवा तथा दीर्घकालीन देखभाल प्रणालीहरू स्थापना गरेर वृद्ध व्यक्तिहरूको बढ्दो अनुपातअनुसार सार्वजनिक कार्यक्रमहरू अनुकूलन गर्न कदम चाल्नुपर्छ।'

अहिले मृत्युदरमा थप कमी आएको छ र सन् २०५० मा विश्वव्यापी औसत आयु ७७.२ वर्ष हुने प्रक्षेपण गरिएको छ। सन् २०१९ मा विश्वव्यापी औसत आयु ७२.८ वर्ष रहेको रिपोर्टमा जनाइएको छ। यो सन् १९९० को तुलनामा करिब नौ वर्षको सुधार हो। तथापि, सन् २०२१ मा विश्वव्यापी औसत आयु ७१ वर्षमा झरेको थियो। प्रायजसो कोभिड–१९ महामारीको कारणले गर्दा, र कम विकसित देशहरूको औसत आयु विश्वव्यापी औसत आयुभन्दा सात वर्ष पछि रहेको पाइएको छ। 

सन् १९९० देखि विश्वभर जनसङ्ख्या वृद्धिसँग सम्बन्धित विषयहरूमा जनचेतना जगाउन जुलाई ११ मा विश्व जनसङ्ख्या दिवस मनाइँदै आएको छ।


प्रकाशित: Jul 12, 2022| 05:30 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।