शुक्रबार, भदौ १९, २०८३

नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

 |  शुक्रबार, वैशाख ११, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ११, २०८३

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको नेताको आज(शुक्रबार) हुने भनिएको निर्वाचन स्थगित भएको छ। अर्को मिति भने तोकिएको छैन।

निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा कांग्रेसले निर्वाचन स्थगित गरेको हो। दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको छ।

उपसभापति समितिमा पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’, मुना भुसाल र राजु कटुवाल छन्। दलको नेता सहमतिमा चयन गर्ने प्रक्रिया असफल भएपछि हाललाई स्थगित गरिएको जनाइएको छ।

प्रकाशित: Apr 24, 2026| 16:55 शुक्रबार, वैशाख ११, २०८३
प्रतिक्रिया दिनुहोस्