मंगलबार, चैत ३, २०८२

त्रिविले परीक्षा लापरबाहीबारे छानबिन गर्ने

बीबीए छैठौं सेमेस्टरको परीक्षामा लगातार प्रश्नपत्र निर्माणमा त्रुटि पाइएपछि त्यसको छानबिन गर्न समिति बनाएको त्रिविले जनाएको छ।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले परीक्षामा देखिएको लापरबाहीलाई लिएर छानबिन गर्ने भएको छ। बीबीए छैठौं सेमेस्टरको परीक्षामा लगातार प्रश्नपत्र निर्माणमा त्रुटि पाइएपछि त्यसको छानबिन गर्न समिति बनाएको त्रिविले जनाएको छ।

National life

एक विज्ञप्ति जारी गर्दै व्यवस्थापन विभागका डिन प्रा.डा. डिल्लीराज शर्माले प्रश्नपत्र बनाउँदा मर्यादाविपरीत कार्य गरेको पाइएकोले व्यवस्थापन विभाग परीक्षा समितिले प्रश्नपत्र निर्माण कार्यमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याइएको पनि जनाएका छन्।

साथै त्रिविका परीक्षा सञ्चालन र व्यवस्थापनबारे देखिएका समस्या र कमजोरीलाई अध्ययन गरी छानबिन गर्नको लागि एक उच्चस्तरीय समिति गठन गरिएको उक्त विज्ञप्तिमा उल्लेख छ।

पछिल्लो पटक एउटा विषयको परीक्षामा अर्कै विषयको प्रश्न सोधिएको र निजी कलेजको प्रि-बोर्ड परीक्षाको प्रश्नपत्र त्रिविको बोर्ड परीक्षामा हुबहु मिलेको पाइएको थियो।

प्रकाशित: Jul 11, 2022| 09:50 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्