शनिबार, चैत ११, २०७९

शेयर कारोबारमा ५६ प्रतिशत वृद्धि 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink
काठमाडौं-यस साता शेयर कारोबार रकम गत साताकोभन्दा ५६.१० प्रतिशत बढेको छ । साउन २५ देखि ३१ गतेसम्ममा नेपाल स्टक एक्सचेन्जमा १८५ कम्पनीहरुको २२ हजार ५२० कारोबारबाट एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरको ४५ लाख दुई हजार चार सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएको छ । 

गएको साता १८१ कम्पनीहरुको कारोबार भएको थियो । जसअनुसार १६ हजार ३७० कारोबारबाट ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँ बराबरका ३६ लाख ४७ हजार आठ सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

सबैभन्दा बढी निर्जीवन बीमाको परिसूचक वृद्धि

नेप्से बजारमा आएका ११ समूहको परिसूचक मध्ये सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक बढेको छ । उक्त समूहको परिसूचक नेप्से बजार खुलेको पहिलो दिनको तुलनामा ३१०.४३ अंक बढेको छ । 

पहिलो दिन पाँच हजार ६५०.०७ अंक रहेकोमा अन्तिम पाँचौ दिन बढेर पाँच हजार ९६०.४ विन्दुमा पुगेको छ । 

त्यसबाहेक बाणिज्य बैंक समूह, विकास बैंक, वित्त, लघुवित्त, जल विद्युत, जीवन बीमा, उत्पादनममुलक, व्यापार र अन्य समूहको परिसूचक बढेको छ ।
होटल समूहको परिसूचक भने घटेको छ । उक्त समूहको परिसूचक १.९ अंकले घटेको हो । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४६.३८ अंकले बढेर अन्तिम दिन १२१०.३२ अंकमा पुगेको छ । 

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९.६८ अंकले 
बढेर २५५.३८ अंकमा पुगेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको कारोबार सबैभन्दा बढी

यस साता कारोबार रकमको आधारमा सबैभन्दा बढी सात करोड ८४ लाख रुपैयाँ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार भएको छ । 

त्यसपछि   नविल बैंक लिमिटेडको चार करोड ९४ लाख, प्राइम कमर्सियल बैंक लिमिटेको तीन करोड ८२ लाख, नेपाल इन्भेस्टमेन्ट बैंकको तीन करोड ७८ लाख र नविल बैंक लिमिटेड संस्थापकको ३ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । 

कारोबार भएको सेयर संख्याको आधारमा मेगा बैंक लिमिटेड अग्र स्थानमा छ । उक्त बैंकको  एक लाख ७५ हजार कित्ताको शेयर कारोबार भएको छ । 

कारोबार संख्याको आधारमा आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीले एक हजार २६५ कारोबार गरेको छ । 

यस साता नियमित कारोबारका नेप्से पाँच दिन खुलेको थियो । ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । 

 
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४

थप समाचार

मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो।

१२औं जनगणना प्रतिवेदन सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो 

अन्तिम जनगणनाअनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ र महिला १ करोड ४९ लाख ११ हजार २७ रहेका छन्।

६ महिनामा विदेश रोजगारीमा गएका ६१२ ले गुमाए ज्यान

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारमा गएका ६१२ जनाले ज्यान गुमाएको तथ्यांक बोर्डले सार्वजनिक गरेको हो।