मंगलबार, चैत ३, २०८२

भारतमा एकै दिन १८ हजार कोरोना संक्रमित थपिए

भारतमा कोभिड संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। भारतमा पछिल्लो २४ घन्टामा १८ हजार २५७ जना नयाँ संक्रमित थपिएका छन्।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं- भारतमा कोभिड संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। भारतमा पछिल्लो २४ घन्टामा १८ हजार २५७ जना नयाँ संक्रमित थपिएका छन्। 

National life

यससँगै कुल संक्रमितको संख्या ४ करोड ३६ लाख २२ हजार ६५१ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

त्यस्तै, पछिल्लो २४ घन्टामा ४२ जनाको मृत्युसँगै कोभिडबाट मृत्यु  हुनेको संख्या ५ लाख २५ हजार ४२८ पुगेको छ। कुल सक्रमितको शून्य दशमलब ३० प्रतिशत सक्रिय संक्रमित छन्।

त्यसैगरी कोभिड निको दर ९८ दशमलब ५० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Jul 11, 2022| 08:50 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्