बिहीबार, असार ३२, २०८३

जनकपुरको अर्को परिचय गंगा आरती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- धार्मिक र सांस्कृतिक शहर हो, जनकपुरधाम । सोही कारण हालै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनकपुरको नाम परिवर्तन गरेर धाम थपेको छ ।

नामअनुसार नै पवित्र बन्ने बाटोमा अगाडि बढ्ने प्रयासमा छ, जनकपुरधाम । यहाँको धार्मिक र सांस्कृतिक आस्थामा बल पुर्‍याउन सहयोग गर्दै आइरहेको छ, दैनिक साँझमा हुने गंगा आरतीले ।

जनकपुरको धार्मिक तथा ऐतिहासिक पोखरी गंगासागरमा हरेक साँझ आरती आयोजना हुन्छ । र, त्यसको आनन्द लिन स्थानीय बासिन्दाका साथै बाहिरबाट आएका पर्यटकहरू त्यहाँ पुग्ने गर्छन् । खासगरी, जनकपुर घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरूलाई गंगा आरतीले लोभ्याएको पाइन्छ । गंगा आरती शुरु भएपछि फोहोर र दुर्गन्धित रहँदै आएको गंगासागर पोखरी पनि अहिले सफा छ ।

पोखरीको सरसफाइ अभियानबाट थालिएको गंगा आरतीले चार वर्ष पूरा गरेको छ । चार वर्षअघि गंगा दशहराको अवसर पारेर शुरु भएको आरतीको समयमा गंगासागरमा भीड जम्मा हुन्छ । 

छिमेकी मुलुक भारतका राजनीतिज्ञ, विशिष्ट पाहुनाका साथै नेपालका विशिष्ट व्यक्तिहरू समेत यहाँ आएका बेला आरतीमा रमाउने गरेको ‘सेभ हिस्टोरिकल जनकपुर’का संयोजक तथा प्रदेशसभा सदस्य रामआशिष यादव बताउँछन् ।

भारतको हरिद्वार, बनारसलगायत स्थानमा जस्तै जनकपुरको गंगासागरमा हुने गंगाआरतीमा समेत पर्यटकहरू रमाउने गरेको उनी बताउँछन् । 

आरतीका क्रममा गंगास्तुती मात्र नभई सबै देवी-देवताको मन्त्र जाप गरिन्छ । सोही कारण यसको महत्व विशेष बनेको स्थानीय मनोज झा बताउँछन् । गंगा आरतीमा सहभागी भए दिनभर गरिएका भुलहरूबाट क्षमा पाइने जनविश्वास छ ।

यसको थप प्रबद्र्धनका लागि राज्यको तर्फबाट आवश्यक सहयोग हुन नसकेको स्थानीय बासिन्दा बताउँछन् । गंगा आरतीको प्रचारप्रसार सरकारी निकायबाट हुन नसक्नु दुःखद् रहेको उनीहरूको भनाइ छ ।

जनकपुरको गंगा आरती अन्य स्थानका लागि प्रेरणासमेत बनेको छ । यहाँ आरती शुरु भएपछि महोत्तरी सदरमुकाम जलेश्वरमा दैनिक शिव आरती र सिरहा सदरमुकाममा समेत यस्तै आरती शुरु भएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।