बिहीबार, असार ३२, २०८३

क्यान्सर पीडित इन्द्रमायालाई घरबेटीको घृणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा-अर्कैको घरमा कोठा भाडा लिएर बसेकी ४३ वर्षीया इन्द्रमाया भुजेललाई यतिबेला मर्नु न बाँच्नु भएको छ। आर्थिक अभावका कारण क्यान्सरको औषधी गराउन नसकेर थलिएकी उनलाई रोगको उपचारभन्दा नौ महिनादेखि घरबेटीलाई भाडा तिर्न नसक्दाको पीडाले सताएको छ ।

पति दीर्घबहादुरसँगै सिद्धार्थनगर-८ बसडिलवामा बस्दै आएकी उनका चार छोरी छन् । पत्नी विरामी भएपछि सानोतिनो कुकको पेशा गर्ने उनका पति पनि जागिर छाडेर हेरविचारमा लागेका छन् । सोही कारण उनीहरूलाई साँझबिहान हातमुख जोर्नसमेत धौ धौ भएको छ ।

एक वर्षदेखि थला परेकी उनी मर्नु न बाँच्नुको अवस्थामा छिन् । उनलाई स्तन क्यान्सर भएको चिकित्सकले बताएका छन् । पैसा नहुँदा उपचार गराउन नगएको दीर्घबहादुरले बताए । उनको दायाँ स्तनमा गिर्खा देखिएपछि माइतीले पोखरास्थित मणिपाल अस्पताल पुर्‍याए । शुरुमा रोग पत्ता लागेन । उनलाई रोगले झनै पीडित बनाउँदै गयो, शरिर कमजोर हुँदै गयो । 

थप जाँच गराउँदा दायाँ स्तनमा पलाएको गिर्खा स्तन क्यान्सर भएको ठहरियो । अलि-अलि भएको पैसा त्यतिबेलै सकियो । दीर्घबहादुरले भने, ‘रोग पत्ता लाग्यो, थप उपचार गराउने पैसा छैन ।’ इन्द्रमाया राम्रोसँग बोल्न पनि सक्दिनन् । हेर्न मान्छेहरू देख्दा आँखाभरि आँशु हुन्छ ।

शरीर दुखेर कराउँछिन्, रुन्छिन् । खानेकुरा चपाउन सक्दिनन् किनकि उनको शरीरमा ताकत नै छैन । पानी र जाउलो खाएर बाँचेकी छन् । 

पाँच जनाको परिवार एउटै कोठामा कोचिएर बसेको छ । बिहे भएकी एक छोरीबाहेक उनीहरूलाई हेर्ने कोही छैन । चल–अचल सम्पतिको नाममा त्यही कोठामा रहेका भाँडाकुँडा र कपडाबाहेक केही छैनन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।