बिहीबार, असार ३२, २०८३

अब उपत्यकामा खानेपानीको अभाव कम हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- उपत्यकाको खानेपानी वितरण सञ्जालमा दैनिक तीन करोड लिटर पानी थप भएको छ । 

उपत्यकाका ७० हजार धारामा थप पानी जाने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । पानी वितरणको शुरुआत गर्दै सभामुख कृष्णबहादुर महराले पानीको अभावमा रहेका उपत्यकाका बासिन्दाका लागि राहत मिल्ने बताए ।   

उनले भने, “धेरै नागरिक अझै स्वच्छ खानेपानीको पहुँच बाहिर छन् । संविधानको मौलिक हकका रुपमा स्थापित स्वच्छ खानेपानीको अधिकार सुरक्षित गर्न सरकारले ध्यान दिनुपर्छ ।” 

खानेपानीमन्त्री विना मगरले यसअघि हप्तामा एक दिन दुई घण्टा पानी वितरण गरिएकामा शनिबारदेखि हप्तामा पाँच दिन दुई घण्टा पानी दिइने प्रतिबद्धता जनाए ।  उनलेलिमिटेडका दुई लाख ७० हजार धारामा पानी दिन पहल गरिने बताए । 

मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको पानी प्रशोधन गरी वितरण हुने बताए ।  निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले थपिएको पानीले दैनिक आठ लाख ४० हजार जनता लाभान्वित हुने जानकारी दिए। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।