मंगलबार, चैत ३, २०८२

नेपालकै पहिलो चिकित्सा संग्रहालय स्थापना हुने

संग्रहालय स्थापनाका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ५० लाख बजेट विनियोजन गरेको छ।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

काठमाडौं- वाग्मती प्रदेश सरकारको सहयोगमा राजधानीमा नेपालकै पहिलो चिकित्सा संग्रहालय स्थापना हुने भएको छ।

National life

संग्रहालय स्थापनाका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ५० लाख बजेट विनियोजन गरेको छ।

नेपाल चिकित्सक संघसँगको सहकार्यमा संग्रहालय स्थापना गर्न लागिएको हो। संघको केन्द्रीय कार्यालय भृकुटीमण्डपमा संग्रहालय स्थापना गर्ने निर्णय भएको वाग्मती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले जानकारी दिए।

संग्रहालयमा नेपालको चिकित्सा इतिहास झल्कने सामग्रीको संग्रह गरिने छ। संग्रहालयमा पुराना औजार, चिकित्सा उपकरणलगायत सामग्री राख्ने तयारी छ। नेपालमा प्रयोग भएको पहिलो अल्ट्रासाउन्ड, इसिजी, माइक्रोस्कोपलगायत सामग्री संग्रहालयमा राखिने संघका अध्यक्ष डा लोचन कार्कीले बताए।

स्वास्थ्यसम्बन्धी यस्ता ऐतिहासिक सामग्रीको खोजी भइरहेको छ। केही सामग्री पाइएको छ भने केही सामग्रीको खोजी अहिले पनि जारी रहेको संघले जनाएको छ।

Laxmi sunrise bank
kumari

नेपालमा पहिले लेखिएका प्रेस्क्रिप्शन, तस्बिर, संघका निर्णय पनि संग्रहालयमा राखिने जनाइएको छ। संग्रहालयले स्वास्थ्य पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने आशा गरिएको छ। प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले खेलकुद, स्वास्थ्यलगायत पर्यटन प्रवर्द्धनका काम गरिरहेको बताइएको छ।


प्रकाशित: Jul 09, 2022| 21:00 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्