मंगलबार, चैत ३, २०८२

'नाइरोबी फ्लाई' डरलाग्दो र भयानक रोग होइन : डा. ढकाल

हेर्दा डढुवा वा जनैखटिरोजस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा.केशव ढकालले यस्तो संक्रमण हरेक वर्षात्को मौसममा देखिने छालाको एलर्जी मात्र भएको बताए।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

झापा- झापामा विगतको तुलनामा 'नाइरोबी फ्लाई' नामक किराको संक्रमण बढे पनि डरलाग्दो अवस्था भने नभएको बताइएको छ।

National life

हेर्दा डढुवा वा जनैखटिरोजस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा.केशव ढकालले यस्तो संक्रमण हरेक वर्षात्को मौसममा देखिने छालाको एलर्जी मात्र भएको बताए।

उनले यो समस्या भाइरल इन्फेक्सनजस्तो  नभएको हुँदा हालसम्म झापामा कुनै जटिल समस्यासमेत नआएको जानकारी दिए। डा ढकालले भने, 'छाला रोगको विशेषज्ञ भएर सेवा दिएको १७ वर्ष भयो, प्रत्येक वर्ष यो समस्या देखा पर्छ। विगतमा भन्दा अलि बढी यसपाली देखिएको हो। डरलाग्दो र भयानक रोग भने होइन।'

'हामी यसलाई पेडेरस डर्माटाइटिस भन्छौँ', उनले भने, 'यो नाइरोबी फ्लाई नामक किराले नटोके पनि मानिसको शरीरमा लत्पतिएपछि निस्कने पिपका कारण पनि आउँछ। देख्नेबित्तिकै सफा पानीले धोएमा कुनै एलर्जी पनि हुँदैन।'

डा. ढकालले  किराले संक्रमण गराइहालेमा पनि नआत्तिने र बढी चिलाए वा पोलेमा नजिकको स्वास्थ्यचौकी वा छाला रोग विशेषज्ञलाई तुरुन्त देखाउन आग्रह गरे।

Laxmi sunrise bank
kumari

उनले विगतमा भन्दा मानिसमा स्वास्थ्यको चेतनास्तर वृद्धि भएपनि  सामाजिक सञ्जाल प्रयोगकर्ता बढेका कारण सानो समस्या देखिनेबित्तिकै बढी आत्तिने गरेको बताए। 



प्रकाशित: Jul 09, 2022| 20:00 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्