बिहीबार, असार ३२, २०८३

शनिबार साँझ स्वयम्भूमा राष्ट्रपति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- काठमाडौँको स्वयम्भूमा अवस्थित हालैमात्र जीर्णोद्धार सम्पन्न भएका विभिन्न सम्पदाको राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार साँझ निरीक्षण गरेकी छन्। 

स्वयम्भूनाथ क्षेत्रमा ‘गोरखा भूकम्प’ले क्षति पुर्‍याएका अनन्तपुर, प्रतापपुर, शान्तिपुर, वायुपुर वासुपुर एवं अन्य १७ वटा सम्पदाको हालै पुनःनिर्माण सम्पन्न भएको छ। 

विश्व सम्पदामा सूचीकृत ती सम्पदाको निरीक्षणका क्रममा राष्ट्रपतिद्वारा पूजाआज पनि गरेकी छन्। उनले सम्पदाको पुनःनिर्माण सम्पन्न गरेकामा सरोकार भएका सबैलाई धन्यवादसमेत दिइन्। 

प्रवलीकरण तथा पूर्ण जीर्णोद्धार सम्पन्न भएको सम्पदाको बारेमा उल्लेख गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले राष्ट्रपतिको सम्पदा निर्माणप्रतिको चासोले मन्त्रालयको उत्साह बढेको बताए। 

“हामीले, केही समयभित्रै पाटन कृष्णमन्दिर सम्पन्न गर्दैछौँ । पशुपति क्षेत्रका केही सम्पदा निर्माण सम्पन्न भएको र केही निर्माणका क्रममा रहेको छ । ती छिट्टै सम्पन्न हुन्छन्”, मन्त्री अधिकारीले भने। 

उनले आगामी दुई वर्षभित्रै सबै सम्पदाको पुनःनिर्माण सकिने बताए। अनन्तपुर प्रतापपुर करीब रु तीन करोड ११ लाख लागतमा पुनःनिर्माण भएको हो। अरु सम्पदामा नेपाल सरकार र विभिन्न देशको सहयोगमा पुनःनिर्माण भएका हुन्। पूर्णरुपमा क्षति भएका र केही आंशिक क्षति भएका गरी १७ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए। 

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा, मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली लगायतको सहभागिता थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।