बिहीबार, असार ३२, २०८३

जिप्रका दाङ शनिबार पनि खुल्ला रहने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
दाङ- नागरिकलाई सहज तथा छिटोछरितो सेवा प्र्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय दाङ शनिबार पनि खुल्ला रहने जनाएको छ। 

दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठकाअनुसार आज पहिलो दिन कार्यालयबाट ६ जना सेवाग्राहीले सेवा लिएका छन्। तीमध्ये तीन जना नेपाली नागरिकताको प्रमाणपत्र, एक-एक जनाले राहदानी र सवारी पासको सिफारिश तथा एक जनाले नाम थर प्रमाणित गराएका हुन्। 

प्रजिअ श्रेष्ठले शुक्रबार काम नसकिएर आइतबारसम्म सदरमुकाम बस्नुपर्ने सेवाग्राहीको बाध्यताको अन्त्य गर्ने र शनिबार समयको पनि सदुपयोग गर्ने गरी आफूले यो नीति ल्याएको जानकारी दिए। 

शनिबार सो कार्यालय बिहान ११ देखि २ बजेसम्म मात्र सञ्चालन हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।