आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

नसुध्रिएका भिटेन, छाडा गीत निरन्तर

‘हामी त यस्तै त हो नि ब्रो’, गीतले युट्युब भ्यूअर्स बाक्लै बटुल्दै दर्शक-श्रोताको रोजाइमा परेका भिटेन प्रहरी पक्राउमा परे पनि सुध्रिने संकेत देखिँदैन।
 |  शनिबार, असार २५, २०७९
nespernesper

राज सरगम

राज सरगम

शनिबार, असार २५, २०७९

क्यामेरा रेडी 

triton college

एक्टर रेडी

हरियो पर्दाको ब्याकग्राउन्डमा क्यामेरामेन बोलेसँगै स्क्रिनमा अंग्रेजी अक्षर देखिन्छ। अक्षरमाथि कुकुर दौडिँदै जान्छ। 

एक्टर आऊ,
साउन्ड

Metro Mart
vianet

निर्देशक बोलेसँगै क्यामेरामा र्‍यापर गायक समिर घिसिङ ‘भिटेन’को आगमन हुन्छ। धुवाँ उडाउँदै आएका र्‍यापर भिटेनको एक हातमा मदिराको बोतल पनि उपस्थित छ। 

भिटेन चुरोट तानिरहेका छन्। मधुरो खोक्छन्। दुई वटा गिलासमा मदिरा हाल्दै गाउन थाल्छन्। 

मैले पैसा झारें, मोज गरें, चिप्स हानें, वाइल्ड गरें 
धेरै वाइल्ड नगर भन्छ मलाई दाइहरूले। 
कुरा त ठीकै हो, भलाद्मी हुने ट्राई गरें। 
तर कसैलाई टेर्दिनँ  
यस्तै हो पारा...
आई एम सरी

र्‍यापर भिटेनको यो गीत अहिले युट्युब ट्रनिङ फोरमा छ। र्‍यापर गीत मन पराउने दर्शक÷श्रोतालाई यो गीतले पक्कै रुचाएर होला, ट्रेनिङमा परेको। तर भिटेनको यो गीत हेर्ने हो भने लाग्छ, आफ्नो स्वभाव देखाइरहेका छन् उनले। आफ्नो कमजोरी जति गरे पनि सुधार्न सक्दिनँ भनिरहेका छन्। गीतको लाइन सुनिरहँदा लाग्छ– सरी माग्दै आफ्नो आनीबानीलाई यथावत राख्न चाहन्छन्।  

हुन त, र्‍यापर गीत युवा पुस्तामाझ लोकप्रिय छ। तर युट्युब च्यानल सार्वजनिक प्लेटफर्म हो, जहाँ जसले पनि गीत सुन्न सक्छ। यस्तो अवस्थामा परिवार अथवा दिदीबिहिनीमाझ बसेर सुन्नै सकिन्न। 

मदिरा, गाँजा र छाडा शब्द उनको गीत र भिडियोमा अनिवार्यजस्ता भए। उसो त र्‍यापर गीतमा अलिकति छाडा नमिसिए के मीठो सुनिएला र भन्नेहरू पनि छन्। तर भिटेनले यो भिडियोमा र्‍यापर गाइसकेपछि पनि ‘वाइल्ड छाडा’ बोलेका छन्, जसलाई सुनेर मानिसहरू भन्ने छन्, ‘भिटेन नसुध्रिने भए।’

भिटेन म्युजिक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा भने उनले  अश्लील शब्द गाएका मात्रै छैनन्, अन्तिममा बोलेका पनि छन्। 

भिडियोको अन्तिममा क्यामेरानिरै मुख ल्याएर कराएका छन्, भिटेन । यस्तो लाग्छ, भिटेनले आफूसँगको लामो कुण्ठा पोख्नकै लागि गीत र भिडियो बनाएका हुन्। 

भिटेन– कुुकुर (अफिसियल भिडियो) बाई ए जोइन्ड कोलाबोरेसन शीर्षक राखेर सार्वजनिक गरिएको गीत हेरेपछि भिटेन सुध्रिन सकेका रहेनछन् भन्ने लाग्छ।

गीत गाउन जान्दैमा, गाउने प्लेटफर्म पाउँदैमा, केही दर्शक-श्रोताले मन पराइदिए भन्दैमा छाडा शब्द गाउँदै जानु आफ्नो पेसाप्रति इमानदार नहुनु पनि हो। 

राजीव शेरचन निर्देशित भिडियोमा खासै कन्सेप्ट छैन। न त कथा नै छ। गीतको मेलोडीले नमागेको, भिडियोको कथाले नखोजेको संवाद भने हाँसीहाँसी बोलेको छन्, भिटेनले।

भिटेनका अघिल्ला गीत सुन्दा छाडा शब्द लागे पनि मेलोडीमा केही कलात्मक अवश्य हुन्थ्यो। लय पक्रिएको थियो। राइमिङ मिलेको थियो, फिलमा बगेको थियो। तर यो गीत हेर्दा र सुन्दा भिटेनले गाएनन् मात्रै, अश्लील बोले पनि। अश्लील बोल्नकै लागि उनले यो भिडियो बनाएझैं लाग्छ। 

भिडियोको अन्तिममा क्यामेरानिरै मुख ल्याएर कराएका छन्, भिटेन । यस्तो लाग्छ, भिटेनले आफूसँगको लामो कुण्ठा पोख्नकै लागि गीत र भिडियो बनाएका हुन्। 

उनले गाएको यो गीतमार्फत अझै आफू सुध्रिएको छैन भन्ने देखाउन खोजेझैं लाग्छ । 

‘बिहान पनि चुरोट, बेलुका पनि चुरोट’ बोलको गीतपछि भिटेन नेपाली र्‍यापर संगीतमा देखा परेका थिए। तर उनलाई चिनाउने गीत हो ‘हामी त यस्तै त हो नि ब्रो’, जसले सामाजिक सञ्जालमा व्यापकै प्रतिक्रिया पायो। युट्युब भ्यूअर्स पनि बाक्लै बटुल्यो र दर्शक-श्रोताले बोल्दा पनि थेगो बनाए– हामी त यस्तै त हो नि ब्रो। 

कयौं दिन ट्रेनिङमा रहेको यो गीत  भिटेनको चर्चा प्रहरीले पक्राउ गरेपछि भयो। अश्लील गीत गाएको आरोपमा महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जाउलाखेलबाट उनलाई पक्राउ गरेको थियो। 

खलासी, गरिब, चुरोट, बैनी, कथा, लफंगा, मान्छे खत्तम, सिमसिमे पानीमध्ये हामी त यस्तै त हो नि ब्रो गीतमा छाडा शब्द मिसाएका थिए।

भिटेन पक्राउ परेपछि उनका फ्यानले प्रहरी प्रशासनविरुद्ध सामाजिक सञ्जालमा ठूलै आलोचना पोखे, र्‍यापर गीतको मर्म र विशेषता नबुझी भिटेनलाई पक्रियो भने। भिटेनको पक्षमा उभिएकाहरूले प्रहरीले स्रोत–साधन र शक्ति दुरुपयोग गरेको आरोपसमेत लगाउन भ्याए। 

पक्राउ परेपछि ‘हामी यस्तै त हो नि ब्रो’ गीतलाई युट्युब च्यानलबाट हटाउन लगाइएको थियो। त्यो समय प्रहरीले उनीमाथि अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरेको थियो । पछि उनका बुबाको अनुरोधका कारण भिटेनाई प्रहरीले छाडिदिएको थियो।

०००

भिटेन आफ्ना छाडा गीतका कारण मात्रै विवादमा आएनन्, छाडा उट्पट्याङका कारण पनि विवाद तानिएका थिए। 

भिटेनले नेपाल प्रहरी असईका पोसाक लगाएर चुरोट खाइरहेको तस्बिर फेसबुकमा पोस्ट गरेका थिए, जसका कारण प्रहरी प्रशासन नै चिडिएको थियो। थप प्रहरीलाई ‘डन्ठे’ भनेर चिडाए। 

आफू र विवाद पर्यायजस्तै बनाएका  भिटेनले २०७६ पुसमा पोखरामा कन्सर्ट गर्दागर्दै ढुंगा खानुपरेको थियो। 

भिटेन १३ वर्षको उमेरमा काकासँग थांका कार्यशालामा सहभागी हुन काठमाडौं आएका थिए। यहाँ आएलगत्तै र्‍यापर ब्याटलको रस पस्यो, उनलाई। रौतहटको चन्द्रपुर स्थायी बसोबास भएका भिटेनले नेपाली र्‍यापर गिरिश खतिवडाको र्‍यापर स्टाइल मन पराउँथे। उनको संगतमा फ्री स्टाइल र्‍यापर सिके र ‘खलासी’ बोलको गीत गाए। 

भिटेन आफ्ना गीतमा छाडा शब्द प्रयोग गरेको स्वीकार्छन्। तर सुन्नै नसक्ने गीत गाएको छु भन्ने लाग्दैन उनलाई। भिटेनले कतै भनेका छन्, ‘मेरा गीतमा छाडा शब्द पक्कै प्रयोग भएका होलान् तर सबैले सुन्नैपर्छ भन्ने छैन।’

खलासी उनको जीवनको पहिलो र मिल्ने साथी थिए, जसलाई खान–लाउन धौधौ थियो। तिनै टुहुरा खलासी साथीले उनलाई ‘भिटेन’ भनेर बोलाउँथे। उनकै सम्झनामा उनले खलासी गीत बनाए र आफूलाई मञ्चमा भिटेन भनेर चिनाए।

गाउन त र्‍यापर धेरैले गाउँछन् तर गायकी, र हुलियाका हिसाबले ‘एक्स्ट्रा’ देखिन्छन् भिटेन। शब्द चयनका कारण भने अश्लील गीत गाउने र्‍यापर भनेर चिनिन थाले पनि उनको ‘युनिकनेस’ले युवा तन्नेरीमाझ ‘हकटेक’ नै बनाएको छ भन्दा फरक पर्दैन। 

आफ्नो आनीबानी र जीवनशैलीलाई उनी गीतमा बुन्छन्। आफूले देखेको समाजलाई विम्बमार्फत भन्न खोजे पनि छाडा र अश्लील लाग्ने शब्दलाई छाड्दैनन्। त्यसैले त भिटेनले सांगीतिक प्रस्तुतिका बेला ताली र गाली दुवै खाएका घटना बग्रेल्ती छन्।

भिटेन आफ्ना गीतमा छाडा शब्द प्रयोग गरेको स्वीकार्छन्। तर सुन्नै नसक्ने गीत गाएको छु भन्ने लाग्दैन उनलाई। भिटेनले कतै भनेका छन्, ‘मेरा गीतमा छाडा शब्द पक्कै प्रयोग भएका होलान् तर सबैले सुन्नैपर्छ भन्ने छैन।’

गीतमा छाडा शब्दबाट कसैलाई अपमान गरेको छैन भन्छन्, उनी । मनोरञ्जनका लागि मात्रै गाउँदै आएका भिटेनका गीतले उनलाई मात्रै मनोरञ्जन दिइरहेको छ कि दर्शक-श्रोतालाई पनि दिएको छ भन्ने विषय गम्भीर छ।

गीतका कारण आलोचना खेप्न खप्पिस भिटेनले कतै भनेका थिए, ‘यतिसम्म कुरा पाच्य हुन्छ भन्ने मूल्यांकन गरेरै गीत सार्वजनिक गर्ने गरेको छु। आगामी दिनमा विगतमा जस्तै गीतमा स्व-मूल्यांकन गर्नेछु। मेरो तर्फबाट गीतमा सक्दो समीक्षा भएपछि मात्रै सार्वजनिक हुन्छ।’ 

छाडा शब्दको प्रगोग गरे मात्रै गीत हुँदैन, राम्रा र सबैलाई पाच्य हुने शब्द संयोजन गरेर पनि गीत मीठा र टिकाउ हुन्छन्। 

प्रकाशित: Jul 09, 2022| 11:06 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।