सोमबार, जेठ ४, २०८३

सङ्खुवासभामा ट्याक्टर दुर्घटना हुँदा ४२ जना घाइते

शुक्रबार दिउँसो मलामी बोकेर फर्किँदै गरेको ट्याक्टर खाँदबारी-लेगुवा सडकखण्डको दुमकटामा दुर्घटनामा परको हो। ट्याक्टर दुर्घटनामा परेर घाइते हुनेको सङ्ख्या ४२ पुगेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

सङ्खुवासभा- सङ्खुवासभाको चैनपुर नगरपालिका-१० दुम्कटामा ट्याक्टर दुर्घटनामा घाइते हुनेको सङ्ख्या ४२ पुगेको छ। शुक्रबार दिउँसो मलामी बोकेर फर्किँदै गरेको ट्याक्टर खाँदबारी-लेगुवा सडकखण्डको दुमकटामा दुर्घटनामा परको हो। ट्याक्टर दुर्घटनामा परेर घाइते हुनेको सङ्ख्या ४२ पुगेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।

National life

को २ त ३९६१  ट्याक्टर पल्टिएर दुई मलामीको मृत्यु भएको छ। मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का वर्षीय ४६ को केशव कार्की रहेको सुवेदीले बताउनुभयो। दुर्घटनापछि घाइते भएका तामाङ र कार्कीको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो। ट्याक्टर दुर्घटनामा परेर भने छ जना गम्भीर घाइते भएको  प्रहरीले जनाएको छ। 

दुर्घटनामा परेर गम्भीर घाईते भएका सात जनालाई मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। खराङबाट मलामीलाई खाजा बोकेर पिलुवा खोलामा गई दहासंस्कार गरी पुनः मलामी बोकी फर्किने क्रममा ट्याक्टर  दुम्कटामा दुर्घटनामा परको हो। 

सवारी चालक चैनपुर–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई अस्थायी प्रहरी चौकी सभाखोलाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। ट्याक्टरको लोडपिन अचानक भाँचिन गई रोडको बाँयातर्फ पल्टिई दुर्घटना भएको प्रहरीले जनाएको छ। चैनपुर–१० की ९० वर्षीय कौशिला अधिकारीको मलामी गएका दुर्घटनामा परेका हुन्।

प्रकाशित: Jul 08, 2022| 20:41 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।