सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिन्जो आबेमाथि भएको गोली प्रहारको घोर भर्त्सना, सम्मानमा राष्ट्रिय शोक मनाउने सरकारको घोषणा

सिन्जो आबेमाथि भएको गोली प्रहारको घोर भर्त्सना, सम्मानमा राष्ट्रिय शोक मनाउने सरकारको घोषणा

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनप्रति राष्ट्रिय शोक मनाउने नेपाल सरकारले घोषणा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वर्गीय आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको जनाइएको छ।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

काठमाडौं- जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनप्रति राष्ट्रिय शोक मनाउने नेपाल सरकारले घोषणा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वर्गीय आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको जनाइएको छ।

National life

मन्त्रिपरिषद्को निर्णयमा थप भनिएको छ, 'मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको नेपाल सरकार घोर भर्त्सना गर्दछ। उहाँको निधनप्रति गहिरो दु:ख प्रकट गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजनप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ।'

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले आबेको निधनप्रति दु:ख व्यक्त गर्दै आबे नेपालको एक असल मित्र पनि भएको बताएका थिए। उनले भनेका थिए, 'आबे एक विश्‍वका प्रसिद्ध नेता मात्र नभएर नेपालको एक असल साथी पनि थिए।' 

गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको थियो। नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि आज बिहान गोली प्रहार भएको थियो। गोली लागेका उनलाई तत्काल एम्बुलेन्समा हालेर अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउँदासम्म बोलिरहेका उनी त्यसपछि गम्भीर हुँदै गएका थिए।

नारा सहरमा पुनः हुन लागेको निर्वाचनका लागि प्रचारप्रसारका क्रममा भाषण गरिरहेका थिए आबे। आबेलाई गोली हान्ने ४२ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

६७ वर्षका आबेले सन् २००६ देखि २००७ र सन् २०१२ देखि २०२० सम्ममा दुई पटक प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए।

प्रकाशित: Jul 08, 2022| 19:28 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।