सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साउनदेखि सर्वोच्चले हरेक दिन हरेक इजलासमा ३२ वटा मुद्दा फर्छ्योट गर्ने

साउनदेखि सर्वोच्चले हरेक दिन हरेक इजलासमा ३२ वटा मुद्दा फर्छ्योट गर्ने

सर्वोच्च अदालतमा पुराना मुद्दाको छिनोफानो हुन नसकेर थुप्रिँदै गएपछि कार्ययोजना बनाएर पुराना मुद्दा फर्छ्योट गर्नेगरी मुद्दा व्यवस्थापन रणनीति लागु गर्ने भएको हो।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

काठमाडौं- सर्वोच्च अदालतले हरेक दिन हरेक इजलासमा ३२ वटा मुद्दा फर्छ्योट गर्ने गरी मुद्दा व्यवस्थापन रणनीति लागु गर्ने भएको छ।

National life

सर्वोच्च अदालतमा पुराना मुद्दाको छिनोफानो हुन नसकेर थुप्रिँदै गएपछि कार्ययोजना बनाएर पुराना मुद्दा फर्छ्योट गर्नेगरी मुद्दा व्यवस्थापन रणनीति लागु गर्ने भएको हो। 

सर्वोच्चले शुक्रबार पत्रकार सम्मेलन गर्दै अदालतमा विचाराधिन अवस्थामा रहेका पुराना मुद्दाहरु शून्यमा पुर्‍याउने लक्ष्य राखेको बताएको छ। मुद्दाहरुलाई शून्यमा झार्न प्रतिदिन प्रत्येक इजलासमा ३२ वटा मुद्दा फर्छ्योट गर्नुपर्ने अदालतले बताएको छ। 

पुराना मुद्दाको चाप घटाउन शुक्रबार आधा दिनको कार्यालय समय बढाएर बेलुका ५ बजेसम्म राख्‍ने योजना रहेको पनि अदालतले बताएको छ। पत्रकार सम्मेलनमा सर्वोच्च अदालतका सहायक रजिस्ट्रार विमल पौडेलले विचाराधीन अवस्थामा रहेका पुराना मुद्दा र सर्वोच्च अदालतमा ५ वर्षसम्म रहेका मुद्दाहरुलाई मुद्दा व्यवस्थापन प्रतिवेदनले तोकेअनुसार काम गर्ने बताए। 

पुराना मुद्दाको चापले अदालतको नियमित सुनुवाई समेत प्रभावित भएकोले आगामी साउन पहिलो हप्तादेखि पुराना मुद्दा शुन्यमा झार्नेगरी काम हुने बताए। सर्वोच्च अदालतले तयार गरेको कार्ययोजना अनुसार ५ वर्ष पूरा भएका र रिट दर्ता भएर ३ वर्षदेखि पेसी नतोकिएका मुद्दाहरुको पेसी पुनः स्थगीत नहुने गरी तोकिने व्यवस्था कार्ययोजनामा राखिएको छ। 

पत्रकार सम्मेलनमा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नारायाण पन्थीले पुराना मुद्दाका पेसी नसर्ने गरी काम गर्न कानून व्यवसायीले समेत सकारात्मक भुमिका खेल्नुपर्ने बताए। यस्तै सर्वोच्च अदालतमा कानुन व्यवसायीको पृष्ठभूमिबाट न्यायाधीश बनेको ल फर्मबाट आएको पुराना धेरै मुद्दा हेर्न नमिल्ने अवस्थामा रहेको समस्यालाई कार्ययोजनाले पूर्ण इजलासमा राखेर हेर्न मिल्ने गरी सुल्झाएको छ। 

यस्तै निवेदन तहका मुद्दाहरु दर्ता भएको दिन नै प्रकृति हेरी तत्काल सुनुवाईमा लैजाने गरी काम गर्नेपनि सर्वोच्च अदालतले बताएको छ। सर्वोच्च अदालतले बनाएको कार्य योजनालाई न्यायाधीशहरुको पूर्ण बैठकले अनुमोदन गरिसकेको छ।

प्रकाशित: Jul 08, 2022| 18:18 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।