बिहीबार, फागुन २१, २०८२

प्रधानमन्त्री देउवाले भने - आबे नेपालका राम्रो साथी थिए

प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबे नेपालका राम्रो साथी भएको बताएका छन्। प्रधानमन्त्री देउवाले आबेको निधनप्रति दु:ख व्यक्त गर्दै भनेका छन्, 'आने विश्‍वका प्रसिद्ध नेतामात्रै नभएर नेपालको राम्रो साथीसमेत थिए।'
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबे नेपालका राम्रो साथी भएको बताएका छन्। प्रधानमन्त्री देउवाले आबेको निधनप्रति दु:ख व्यक्त गर्दै भनेका छन्, 'आने विश्‍वका प्रसिद्ध नेतामात्रै नभएर नेपालको राम्रो साथीसमेत थिए।' 

प्रधानमन्त्री देउवाले आबेको निधनले आफू निकै दु:खी भएको बताउँदै भनेका छन्, 'यस दु:खको घडीमा जापान र आबेको निधनप्रति गहिरो समवेदना छ।' 

आबेलाई शुक्रबार बिहान एक राजनीतिक अभियानका क्रममा गोली हानिएको थियो। गोली लागेर गम्भीर घाइते भएका आबेको शुक्रबार नै निधन भएको हो। दक्षिणी सहर नारामा शुक्रबार बिहान सम्बोधन गर्ने क्रममा उनलाई दुई राउण्ड गोली हानिएको थियो। 

उनलाई तत्कालै अस्पताल लगिए पनि अत्यधिक रक्तश्राव भइसकेका कारण बचाउन नसकिएको चिकित्सकले जानकारी गराएका थिए। घटनास्थलमा भएका सुरक्षाकर्मीहरुले तत्कालै गोली हान्‍ने ४१ वर्षीय तेत्सुया यामागामीलाई नियन्त्रणका लिएका थिए। जापानको सबैभन्दा लामो समय ९ वर्ष शासन गर्ने प्रधानमन्त्री आबेको घाँटी र गर्धनमा गोली लागेको थियो। उनको घाउ गहिरो भएका कारण अत्यधिक रक्तश्राव भएको चिकित्सकहरुले बताएका छन्। 

उनको निधनप्रति दु:ख व्यक्त गर्दै जापानका प्रधानमन्त्री फुमियो किशिदाले 'लोकतन्त्रको आधारस्तम्भ' माथिको आक्रमण भएको बताएका छन्। उनले यसलाई बर्बरतापूर्ण आक्रमणको संज्ञा दिएका छन्। उनले भने, 'यो माफ गर्न नसकिने अपराध हो। यसका लागि निन्दा गर्न प्रयोग गरिने सबैभन्दा कडा शब्द प्रयोग गर्न चाहन्छु।' 

kumari

यो आक्रमण जापानको राजनीतिक इतिहासमै सबैभन्दा त्रासदीपूर्ण आक्रमण भएको पनि जनाइएको छ। निकै कम हिंसात्मक घटना हुने र बन्दुकसम्बन्धी कडा कानुन भएको जापानमा पूर्वप्रधानमन्त्री माथि नै भएको गोली प्रहार गम्भीर विषय भएको पनि अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमहरुले जनाएका छन्। 

पूर्वप्रधानमन्त्री आबेलाई ४१ वर्षीय यामागामीले गोली प्रहार गरेका थिए। उनी पूर्व नेभी भेट्रान हुन्। घरमा नै बनाइएको बन्दुक प्रयोग गरेर गोली हानेका उनलाई घटनास्थलबाट नै पक्राउ गरिएको थियो। प्रहरीका अनुसार उनले आफ्नो अपराध स्वीकार गरिसकेका छन्। पूर्वप्रधानमन्त्री आबेसँग 'असन्तुष्ट' भएका कारण मार्न चाहेको गामागामीले बयान दिएको पनि बताइएको छ। 

उनले आबेको पछाडिबाट गोली हानेर भाग्‍न खोजेका थिए। भाग्‍नेक्रममा नै सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएको हो। उनले आबेलाई १० फिटको दूरीबाट गोली प्रहार गरेको सुरक्षाकर्मीले बताएका छन्। उनलाई नारा निशी प्रहरी चौकीका राखेर थप अनुसन्धान भइरहेको छ। 


प्रकाशित: Jul 08, 2022| 17:28 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।