बुधबार, जेठ २७, २०८३

भन्सार छलीको सामानसँगै गाडी र मानिस पक्राउ

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्‍वार्टर कैलालीबाट खटिएको प्रहरी टोलीले कैलालीका विभिन्‍न क्षेत्रबाट भन्सार छलीको नौ लाख ३६ हजार चार सय ४० रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको हो।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

धनगढी- सशस्त्र प्रहरीले कैलालीबाट नौ लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ। 

National life

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्‍वार्टर कैलालीबाट खटिएको प्रहरी टोलीले कैलालीका विभिन्‍न क्षेत्रबाट भन्सार छलीको नौ लाख ३६ हजार चार सय ४० रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको हो। 

सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहका अनुसार जिल्लाको धनगढी उपमहानगरपालिका–१३, राजपुरबाट एक लाख ६ हजार चार सय ४० रुपैयाँ मूल्य बराबरको लत्ताकपडा, किराना, कस्मेटिकका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। 

सशस्त्र प्रहरी उपरीक्षक सिंहका अनुसार महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ च २८०१ नम्बरको महेन्द्रा कम्पनीको म्याक्सिसा पिकअप गाडीमा बिल नभएको तीस हजार मूल्य बराबरको चिनी र सो चिनी बोकेको आठ लाख मूल्यको गाडी बरामद गरेको हो। 

बिल नभएको चिनी बोक्ने गाडीमा रहेका बैतडीको दशरथचन्द नगरपालिका–७, सुरकालका २१ वर्षीय चुडामणी शर्मालाई समेत नियन्त्रणमा लिएको सिंहले बताए। उनले बरामद भएको सामान, गाडी र व्यक्तिलाई कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगरलाई बुझाएको बताए।

Shivam cement


 



प्रकाशित: Jul 08, 2022| 17:14 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।