काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई ठूला अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्ति गरेको छ। सप्तरीको गजेन्द्रनारायण सिंह र नेपालगञ्जको भेरी अस्पतालको मेसु परिवर्तन गरिएको हो।
स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै गजेन्द्र नारायण सिंह अस्पतालमा डा. प्रकाशप्रसाद साह र भेरी अस्पतालमा डा. बद्री चापागाईंलाई मेसुको जिम्मेवारी दिएका हुन्।
एक साताअघि भेरी अस्पतालमा मेसु विरेन्द्र बहादुर चन्द्रको अनिवार्य अवकाशपछि सो पद खाली थियो।