बुधबार, जेठ २७, २०८३

महिला सशक्तीकरणको मुद्दा प्राथमिकतामा

उद्यमशीलता विकास र रोजगारी सिर्जनामार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन शुक्रवारदेखि विभिन्न विषयका तालिम आयोजना गरिएको चेम्बरले जनाएको छ।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सअर्न्तगतको महिला चेम्बरले महिलाहरूका लागि आर्थिक शसक्तिकरण कार्यक्रम सुरू गरेको छ।

National life

उद्यमशीलता विकास र रोजगारी सिर्जनामार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन शुक्रवारदेखि विभिन्न विषयका तालिम आयोजना गरिएको चेम्बरले जनाएको छ। 

पहिलो चरणमा पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्ट, फेब्रिक पेन्टिङलगायतका विभिन्न ६ वटा क्षेत्रमा महिलालाई तालिम प्रदान गर्न लागेको महिला चेम्बरले जनाकारी दिएको छ। 

तालिमको उद्घाटन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उद्यमशिलताको विकास मार्फत महिलाको आर्थिक सहभागिता वृद्धि गर्नुपर्ने बताए। चेम्बर अफ कमर्सले महिलाको सशक्तिकरणको मुद्दालाई उच्च प्राथमिकतामा राखेको उनको भनाई छ। पछिल्लो समय घरमै बसेर आम्दानीका लागि थुप्रै विकल्पहरु शुरू भइसकेको भन्दै अध्यक्ष मल्लले त्यसको लाभ लिन महिलाहरुलाई आग्रह गरे। महिलाहरूद्वारा उत्पादित वस्तुहरुको बजारीकरणका लागि चेम्बरले सहयोग गर्ने अध्यक्ष मल्लले प्रतिबद्धता जनाए।

चेम्बरकी उपाध्यक्ष एव महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठले महिलाहरुको आर्थिक सुरक्षाका लागि तालिम सञ्चालन गरिएको बताइन्। व्यापार र रोजगारी सिर्जना गर्न तालिम महत्वपूर्ण हुने उनको भनाइ छ। कार्यक्रममा महिला चेम्बरकी सचिव लिमा अधिकारीले महिलाहरुलाई कम्तिमा १५ दिनको तालिम दिइने जानकारी दिइन्। 

Shivam cement

प्रकाशित: Jul 08, 2022| 15:25 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।