बिहीबार, असार ३२, २०८३

प्राज्ञ रानालाई सामुहिक विद्यालय भानु साहित्य पुरस्कार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा- हरेक वर्ष साहित्य तर्फ विशिष्ट योगदान पुर्‍याएका साहित्यकारलाई प्रदान गरिदैं आएको सामुहिक विद्यालय भानु साहित्य पुरस्कार यस वर्ष प्राज्ञ बुंद रानालाई प्रदान गरिएको छ ।  

भैरहवामा आयोजित एक कार्यक्रममा नेपाली गजल विधाका विशिष्ट विद्वान रानालाई सो पुरस्कार प्रदान गरिएको हो। संस्थागत विद्यालयहरुको संस्था सामूहिक विद्यालय परिवार रुपन्देहीले विगत ४ वर्षदेखि साहित्यको जर्गेना गर्ने ध्ययेले उक्त पुरस्कार स्थापना गरेको हो। 

यस अघि उक्त पुरस्कार साहित्यकार रुद्र ज्ञवाली, राम बहादुर श्रेष्ठ, डिबी पुनले प्राप्त गरिसकेका छन्। उक्त पुरस्कारको नगद राशी ७ हजार छ। सो पुरस्कार प्रदेश मन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा प्रदान गरिएको थियो । 

यसैबीच सामुहिक विद्यालयमा आवद्ध विद्यालयहरुबाट सहभागी २०७४ सालको एसईईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी पनि सम्मान गरिएको छ । शनिबार भैरहवामा आयोजित कार्यक्रममा एसईईमा छात्रातर्फ ३.८५ जिपिए ल्याउने युनिभर्सल पब्लिक हाई स्कूल भैरहवाकी अंगुरी पाण्डे, छात्रतर्फ ३.८५ जिपिए ल्याउने न्यू मुन एकेडेमीका सचिन रेग्मी र मनकामना हाई स्कूलका प्रमोद यादवलाई नगद पाँच हजारसहित सम्मान पत्रले सम्मान गरिएको हो । 

यस्तै ३.२५ वा सोभन्दा माथि जिपिए ल्याउने विभिन्न विद्यालयका ९७ जना विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो। सो अवसरमा उत्कृष्ट नतिजा ल्याउन सफल तीन विद्यालयलाई पनि सम्मान गरिएको परिवारका पूर्व अध्यक्ष गोकुल पोखरेलले बताए। 
यस्तै सामूहिक विद्यालय भानु युवा प्रतिभा पुरस्कार मिनर्वा हाई स्कुलकी शिक्षिका प्रियदर्शनी गुरुङ्लाई प्रदान गरिएको छ । उनलाई नगद ५ हजार र सम्मान पत्रले पुरस्कृत गरिएको हो। 

यस्तै संस्थाले रुपन्देही क्याम्पसलाई पनि सम्मान गरेको छ । त्रिभुवन विश्वविद्यालय अनुदान आयोग (युजिसी) बाट गुणस्तर सुनिश्चितता प्रमाण पत्र (क्यूएए) प्राप्त गर्न सफल भएको भन्दै क्याम्पसलाई सम्मान गरिएको हो। क्युएए प्राप्त गर्ने उक्त क्याम्पस यस क्षेत्रकै पुरानो र पब्लिक क्याम्पस हो। क्याम्पसको सम्मान पत्र अध्यक्ष डा.रामप्रसाद बश्याल, संस्थापक क्याम्पस प्रमुख प्राडा कपिलदेव लामिछाने र क्याम्पस प्रमुख बाबुराम अर्याललाई प्रदान गरिएको छ । 

सो अवसरमा बोल्दै प्रदेश नम्बर पाँचका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले संस्थागत विद्यालयहरुले शैक्षिक क्षेत्रमा मात्रै नभएर साहित्यीक तथा अन्य सामाजिक क्षेत्रमा पनि पुराएको भुमिका महत्वपुर्ण भएको बताए। 

मन्त्री गिरीले अबका दिनमा पनि साहित्यिक क्षेत्रबाट मुलुकलाई सही बाटोमा हिँडाउन घच्घच्याउनु पर्ने बताए। उनले सामूहिकले विद्यार्थी, क्याम्पस र साहित्यकारलाई सम्मान गरेर राम्रो संस्कारको थालनी गरेको बताए । यस्ता सम्मानले हरेक क्षेत्रमा हौसला प्रदान गर्ने उनको भनाई छ।

जिल्ला शिक्षा विकास तथा समन्वय समिति संयोजक दिवाकर भण्डारीले शैक्षिक विकासमा सामूहिक विद्यालयको महत्वपूर्ण योगदान रहेको चर्चा गरे। 

उनले सामूहिकसँग समितिले सधैँ हातेमालो गरेर अघि बढ्ने बताए। भण्डारीले विद्यार्थीहरुलाई गरिने यस्ता सम्मानले थप प्रेरणा र हौसला मिल्ने बताए। उनले विद्यार्थीसँगै साहित्यकारलाई पनि सम्मान गर्नु उत्तिकै सराहनीय काम भएको बताए। यस्ता कार्यक्रमलाई निरन्तरता दिन उनले आग्रह गरे। 

परिवारका अध्यक्ष राजकुमार गुरुङ्को अध्यक्षता, उपाध्यक्ष भरत गिरीको स्वागत, कार्यक्रम संयोजक महेश भूर्तेलको संयोजन तथा गोकुल पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा प्याब्सन केन्द्रीय सदस्य विष्णु पन्थी, प्राडा कपिलदेव लामिछाने, प्राडा गितु गिरी, डा रामप्रसाद बस्याल, डिल्लीराज भट्टराई, विजयगोविन्द श्रेष्ठ, वनमाली निराकार, लक्ष्मी शर्मा, कविता रिजाल, रमेश ढकाल, रुद्र ज्ञवाली, सुन्दर वासी, उमेश थापा, मोती सुवेदी लगायतको आतिथ्यता रहेको थियो। यसैबीच सोही अवसरमा सिद्धार्थ साहित्य परिषद्को २१३ औं मासिक संगम समेत सम्पन्न गरिएको थियो। संगममा दर्जनौं साहित्यकारहरुले रचना वाचन गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।