मंगलबार, चैत ३, २०८२

घोराही उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

उपमहानगर प्रमुख नरुलाल चौधरीले शुक्रबार यहाँ आयोजित कार्यक्रममा उक्त उपमहानगरलाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेका हुन्।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

दाङ- दाङको घोराही उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ।

National life

जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माको उपस्थितिमा उपमहानगर प्रमुख नरुलाल चौधरीले शुक्रबार यहाँ आयोजित कार्यक्रममा उक्त उपमहानगरलाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेका हुन्। 

शर्माले सरकारको राष्ट्रिय नीतिअनुसार शिशुलाई गर्भमा हुँदा र जन्मेपछि पनि हरेक खोपको पूर्ण सुनिश्चित गर्दै स्वस्थ नागरिक बनाउने अभियानमा सबै लाग्नुपर्नेमा जोड दिए। पूर्णखोप कार्यक्रम सफल बनाउनु भनेको देशलाई नै स्वस्थ बनाउने काम भएको उनको भनाइ थियो। 

स्थानीय सरकारले वडा–वडाका स्वास्थ्य संस्थामार्फत् प्रदान गरेको स्वास्थ्य सचेतनाका कारण जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न सक्ने गरी अभियान अघि बढेको हुँदा यो समग्र जिल्लावासीको गौरवको विषय भएको समिति प्रमुख  शर्माले बताए। 

प्रकाशित: Jul 08, 2022| 15:00 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्