सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेवानिमा ज्वारचनलाई निमित्त महाप्रबन्धक नियुक्तिको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको रोक

नेवानिमा ज्वारचनलाई निमित्त महाप्रबन्धक नियुक्तिको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको रोक

सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै ज्वारचनलाई नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको हो।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

काठमाडौं– नेपाल वायु सेवा निगमका निमित्त महाप्रबन्धक दीपुराज ज्वारचनलाई तत्काल अस्थायी नियुक्त नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।

National life

सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै ज्वारचनलाई नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको हो।

निगमका तत्कालीन महाप्रबन्धक युवराज अधिकारीले दिएको रिटमा बिहीबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजालसले अल्पकालीन अन्तरिम आदेश दिएको हो। यो आदेशसँगै युवराज अधिकारी निगममा कार्यकारी अध्यक्षका रूपमा फर्किने बाटो खुलेको छ।

निगमका कार्यकारी अध्यक्ष रहेका अधिकारीलाई सरकारले गत असार ६ मा पदबाट निलम्बन गरेको थियो। त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार ९ मा ज्वारचनलाई निगमका निमित्त महाप्रबन्धकका रूपमा अस्थायी नियुक्ति दिएको थियो।

यो निर्णयविरूद्ध अधिकारीले रिट हालेका थिए। सर्वोच्चले दुवै निर्णय कार्यान्वयन नगर्न भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको हो।

आदेशमा ज्वारचनलाई २०७९ असार ९ गते महाप्रबन्धकको कामकाज गर्ने गरी अस्थायी नियुक्ति गरिएको पत्र हाललाई कार्यान्वयन नगर्नू÷नगराउनू र निवेदक अधिकारीलाई २०७८ कात्तिक ११ गतेको नियुक्ति–पत्रमा उल्लेख भएबमोजिम पूर्ववत् काम गर्न दिनू÷दिलाउनू भनिएको छ।


प्रकाशित: Jul 08, 2022| 11:17 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।