धनगढी- बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका हिजो भएको निर्वाचन केन्द्रको मतगणना शुक्रबार ११ बजे देखि सुरू हुने बताइएको छ।
मतगणना भानोदय नमुना माध्यमिक विद्यालयमा हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए।मतगणना स्थलमा कडा सुरक्षा व्यवस्था गरिएको उनले बताए। मतगणना वडा नम्बर १ र १० बाट सुरू हुने भएको छ।
झण्डै १३ हजार मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको छ।