बिहीबार, फागुन २१, २०८२

चीनसँगका सबै समस्या शीघ्र समाधान गर्नेमा भारतको जोड

पूर्वीलद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी)मा चीन र भारतबीच समाधान गर्न बाँकी मुद्दालाई शीघ्र अघि बढाउनुपर्नेमा भारतले जोड दिएको छ।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

नयाँ दिल्ली- पूर्वीलद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी)मा चीन र भारतबीच समाधान गर्न बाँकी मुद्दालाई शीघ्र अघि बढाउनुपर्नेमा भारतले जोड दिएको छ। 

इण्डोनेशियाको बालीमा आजदेखि शुरू भएको जी–२० का विदेशमन्त्रीको बैठकमा भाग लिने क्रममा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग आज भएको भेटमा भारतका विदेशमन्त्री एस जयशङ्करले कारोना महामारीका कारण घर फर्किएका आफ्नो देशका विद्यार्थीलाई चीन फर्काउन तथा एलएसीसम्बन्धी बाँकी मुद्दा चाँडो समाधान गर्न आह्वान गरेका हुन्। 

भारतका विदेशमन्त्रीले भारतीय विद्यार्थीलाई चीन फर्काउने प्रक्रिया शीघ्र अघि बढाउन तथा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने दिशामा बाँकी रहेका कामलाई गति दिनुपर्नेमा जोड दिएका विदेश मन्त्रालयले जनाएको छ। 

विदेशमन्त्री जयशंकरले द्विपक्षीय सम्झौता र प्रोटोकलको पूर्णपालनाका साथै आफूहरूबीच अघिल्लो भेटवार्तामा भएका समझदारीको पालना महत्वपूर्ण हुने बताए। दुवै मन्त्रीले चीन र भारतका सैनिक एवम् कूटनीतिक अधिकारीबीचको नियमित सम्पर्कलाई निरन्तरता दिनुपर्ने बताउँदै शीघ्र अर्को चरणको वरिष्ठ सैन्य अधिकारीको बैठकको प्रतीक्षामा आफूहरू रहेको जनाए। पारस्परिक सम्मान, पारस्परिक संवेदनशीलता र पारस्परिक हितमा आधारित द्विपक्षीय सम्बन्धले गति लिने भारतीय अभिमत विदेशमन्त्री जयशङ्करले दोहोर्‍याएका थिए। 

दुवै देशका मन्त्रीबीच क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका विविध विषयमा पनि विचार आदानप्रदान भएको थियो। दुई वर्षअघि गलवान उपत्यकामा भारत र चीनबीच भएको भीडन्तमा २० भारतीय सैनिकको मृत्यु भएपछि दुई देशबीचको सम्बन्ध सुमधुर बन्न सकेको छैन। यद्यपि द्विपक्षीय व्यापार निर्वाधरूपमा भइरहेको छ। 

kumari

प्रकाशित: Jul 08, 2022| 06:00 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।