बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चीन र अमेरिकाको अर्थतन्त्र र व्यापार क्षेत्रको व्यवहारिक सहयोग अगाडि बढाइने

चीन र अमेरिकाको अर्थतन्त्र र व्यापार क्षेत्रको व्यवहारिक सहयोग अगाडि बढाइने

चिनियाँ उपप्रधानमन्त्री लिउ ह र अमेरिकी अर्थमन्त्री जेनेट एल येलेनबीच समष्टिगत अर्थतन्त्रको परिस्थिति, आपूर्ति श्रृंखलाको स्थिरतालगायतका विषयमा बिहीबार छलफल भएको छ।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

बेइजिङ- चिनियाँ उपप्रधानमन्त्री लिउ ह र अमेरिकी अर्थमन्त्री जेनेट एल येलेनबीच समष्टिगत अर्थतन्त्रको परिस्थिति, आपूर्ति श्रृंखलाको स्थिरतालगायतका विषयमा बिहीबार छलफल भएको छ।

चिनियाँ वाणिज्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शु युथिङले भने, 'चीनका उप प्रधानमन्त्री र अमेरिकी अर्थ मन्त्री जेनेट एल येलेनबीच भिडियोमार्फत् वर्तमान् आर्थिक अवस्था र आपूर्तिबारे आफ्ना धारणा आदान–प्रदान भएको र उक्त वार्ता रचनात्मक भएको छ।' 

हाल विश्व अर्थतन्त्रको सामु गम्भीर चुनौती देखापरेको छ। समष्टिगत नीति क्षेत्रमा चीन र अमेरिकाबीचको आदान–प्रदान बढाउनु र विश्वको व्यवसाय आपूर्ति श्रृंखलाको स्थिरताको संरक्षण गर्नु चीन, अमेरिकाको साथै समग्र विश्व समुदायका लागि हितकर हुने बताइएको छ।

वार्तामा अमेरिकाले कतिपय चिनियाँ सामान खरिदमा अतिरिक्त कर असुल्ने गरी लगाएको कर र केही चिनियाँ सामानको प्रतिबन्ध हटाएकोमा चीनले अमेरिकी कदमको प्रशंसा गरेको छ।

उक्त अवसरम दुई पक्षबीच आर्थिक तथा व्यापारिक टोलीहरूले भविष्यमा घनिष्ठ सम्पर्क गर्ने, समष्टिगत आर्थिक नीतिको आदान–प्रदान गर्ने र अर्थतन्त्र तथा व्यापार क्षेत्रको व्यवहारिक समाधानका लागि छलफललाई अगाडि बढाउने विषयमा मतैक्यता व्यक्त गरिएको वाणिज्य मन्त्रालयले जनाएको छ।

kumari

प्रकाशित: Jul 08, 2022| 05:30 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।