काठमाडौं- संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा निधन भएको छ।
कोफी अन्न्नान फाउन्डेसनले उनको मृत्युको आधिकारिक जानकारी दिएको हो। उनी संसारका शिर्ष कुटनीतिज्ञमध्येमा पर्दछन्। अन्नान संयुक्त राष्ट्रसंघमा महासचिवको जिम्मेवारी सम्हाल्ने पहिलो अफ्रिकन नागरिक हुन्।
सन २००१ मा मानवअधिकारको क्षेत्रमा योगदान गरेवापत नोबेल पुरस्कारबाट सम्मानित भएका थिए।
उनले सिरियामा भएको द्धन्द्ध समाधानको लागि युएनका प्रतिनिधिको भुमिका निर्वाह गरेको थिए। उनले १९९७ देखि २००६ सम्म, युएनको महासचिवको जिम्मेवारी सम्हालेका थिए।
सन् ८ अप्रिल १९३८ मा घानको कुमासीमा जन्मिएका अन्नानको शनिबार जेनेभामा निधन भएको हो। उनका श्रीमती र तीन सन्तान छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४