शुक्रबार, वैशाख २१, २०८१

अर्थ मन्त्रालयमा जनार्दनकै धङधङी

अर्थमन्त्रालयबाट बाहिरिनेक्रममा देखिएको भावभंगी र बुधबार वर्षमानले फर्किने विषयमा दिएको अभिव्यक्तिले शर्माको पुन: 'इन्ट्री' हुनसक्ने सम्भावना बलियो देखिएको एक सहसचिवले बताए।
 |  बिहीबार, असार २३, २०७९

किशोर दाहाल

किशोर दाहाल

बिहीबार, असार २३, २०७९

काठमाडौं- आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गर्ने अघिल्लो रात 'अनधिकृत व्यक्ति'लाई संलग्‍न गराएर करका दरहरु हेरफेर गरेको आरोप लागेका शर्माले बुधबार पदबाट राजीनामा दिए। चर्को आलोचना र विरोधपछि ११ सदस्यीय छानबिन समिति गठन भयो। उक्त समिति गठनपछि अर्थमन्त्री शर्माले संसद्‌लाई सम्बोधन गर्दै मन्त्री पदबाट राजीनामा घोषणा गरे। उनले राजीनामा घोषणा गर्नुअघि अर्थसचिव मधुकुमार मरासिनी बिदा लिएर बसेका थिए। 

triton college

राजस्व सचिव केही दिनअघि नै अष्ट्रीया भ्रमणमा गएका थिए। दुबै सचिवहरु उपलब्ध नभएको र कार्यालय समय सकिएपछि अन्य सहसचिवहरु पनि बिदा गइसकेका थिए। अर्थमन्त्री शर्माले कर्मचारीहरुले आफूलाई सहयोग नगरेको भन्दै तयारी गरिएको पत्रकार सम्मेलन स्थगित गरिएको अर्थमन्त्रालयकै उच्च अधिकारीले दाबी गरेका छन्। शर्माले पत्रकार सम्मेलन गर्दा खोज्दा जम्मा चार जना सहसचिवहरु मात्रै भएपछि स्थगित उक्त कार्यक्रम स्थगित गरिएको उपलब्ध एक सहसचिवले बताए। जसमा योजना अनुमन तथा मूल्यांक महाशाखा प्रमुख ढुण्डीप्रसाद निरौला, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, वित्तीय संस्था व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख एवं सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका तालिम प्रमुख समेत रहेका राजेश्वर ज्ञवाली र नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य रहेका थिए। 

अर्थमन्त्रालयका कर्मचारीहरुले नै आफूलाई असहयोग गरेको ठानेपछि शर्माले राजनीमा दिने मुड अर्थमन्त्रालयबाटै बनाएको बताइएको छ। अर्थसचिव मरासिनी र राजस्व व्यवस्थापन महाशाखा प्रमुख भुपाल बराललाई बराम्बार मोबाइलमा म्यासेज पठाए पनि कुनै जवाफ नआएपछि उनले अर्थमन्त्रालय छोडेर संसद्‌ पुगेका थिए। 

उनले अर्थमन्त्रालयबाट बिदा हुनेक्रममा उपलब्ध सहसचिवहरुलाई आफ्नो तस्बिर पूर्वअर्थमन्त्रीहरुको बगलमा नराख्‍न भनेको एक सहसचिवले बताए। 'मेरो फोटो पूर्वअर्थमन्त्रीको सूचीमा नराख्नु होला,' एक सहसचिवले मन्त्रीको भनाई उदृत गर्दै भने, 'मन्त्री पद ठूलो कुरा होइन, मेरो लागि। यसअघि धेरै पटक मन्त्रीको अफर आउँदा मन्त्री भइनँ। बरु धेरैलाई मन्त्री बनाइयो। प्रचण्ड र देउवा दुबैलाई मिलाउन सक्ने क्षमता  भएको व्यक्तिलाई मन्त्री रहनु वा नरहुनुले के नै फरक पार्छ?'

अर्थमन्त्रालयबाट बाहिरिनेक्रममा शर्माको भावभंगी हेर्दा उनी पुन: अर्थ मन्त्रालय फर्किने सन्देश दिन खोजिरहेको ती सहसचिवले बताए। बुधबारको संसद् सकिएपछि पत्रकारहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका नेता वर्षामान पुनले शर्मा निर्दोष सावित भए उनी नै अर्थमन्त्री हुने प्रतिक्रिया दिएपछि शर्मा फर्किनसक्ने सम्भावना बलियो रहेको ती सहसचिवले बताए। 

corrent noodles
Metro Mart

निर्वाचन आउन चार महिनामा मात्र बाँकी रहेको समयमा अर्थमन्त्रालय अन्य नेताहरु मन्त्री हुन सम्भावना नरहेकोले उनी नै अर्थमन्त्री भएर आउन सक्ने सम्भावना रहेको अर्थमन्त्रालयका अन्य अधिकारीहरु ठम्याइरहेको छ। बजेट पास भइसकेको, अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेकाले अर्थतन्त्र बचाउनका लागि केही निर्मम निर्णयहरु गर्नुपर्ने, मौद्रिक नीतिले लिने कतिपय कठोर नीतिलाई पनि समर्थन गर्नुपर्ने र शर्माले बजेट मार्फत् लिएका कतिपय गतल निर्णयलाई समेत समर्थन गर्नुपर्ने दायित्व नयाँ मन्त्रीको काँधमा हुने भएकाले चुनावको मुखमा कुनै पनि नेताहरुले यस्तो जोखिम लिन नसक्ने बुझाइ अर्थका कर्मचारीहरुको रहेको छ। त्यसैले संसदीय समितिले उनलाई निर्दोष सावित गरेमा शर्मा नै अर्थमन्त्रीकोरुपमा आउने दाबी उनीहरुको छ।

अर्कोतर्फ हिजो गठन भएको संसदीय समितिले अर्थमन्त्रालयका अधिकारीलाई स्पष्टिकरणका लागि पत्र पठाएको छ। यसले गर्दा बजेट मस्यौदा लेखन टोली र अर्थसचिव के जवाफ दिने भन्‍ने समस्यामा परेका छन्। 

अर्थमन्त्री शर्माले आफ्नो राजीनामाका क्रममा करका दर हेरफेर गर्दा आफूसँग दुई सचिव र दुई महानिर्देशक भएको बताएका थिए। दुई सचिवहरु अर्थसचिव मधुकुमार मरासिनी र राजस्व सचिव कृष्णहरी पुष्कर हुन्। यसैगरी दुई महानिर्देशकहरुमा आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्य र भन्सार विभागका महानिर्देशक कमलदेव भट्टराई हुन्। 

मन्त्रीको गोप्य कक्षमा दुई सचिव र दुई महानिर्देशक रहेकै समयमा शर्माले दुई अनाधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गरेको दाबी गरिएको छ। अहिले उनीहरुले के स्पष्टिकरण दिने भन्ने विषयमा उम्किने बाहाना खोजिरहेका पनि बताइएको छ। अर्थमन्त्रीले राजीनामा दिइसकेकाले दुई डिजीहरुले स्पष्टिकरण के दिने भन्‍ने विषयमा सचिव मधुकुमार मरासिनीसँग छलफल गरिरहेका छन्।  

अर्थमन्त्रालयबाट बाहिरिनेक्रममा शर्माको भावभंगी हेर्दा उनी पुन: अर्थ मन्त्रालय फर्किने सन्देश दिन खोजिरहेको ती सहसचिवले बताए। बुधबारको संसद् सकिएपछि पत्रकारहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका नेता वर्षामान पुनले शर्मा निर्दोष सावित भए उनी नै अर्थमन्त्री हुने प्रतिक्रिया दिएपछि शर्मा फर्किनसक्ने सम्भावना बलियो रहेको ती सहसचिवले बताए। 

भूपाल बरालले अर्का सिनियर सहसचिव हुँदाहुँदै आफू निमित्त सचिवको जिम्मेवारी लिन नसक्ने भन्दै अर्थसचिव मधुकुमार मरासिनीलाई भनेपछि उनी अर्थमन्त्रालय उपस्थित भएका थिए। अर्थसचिव मरासिनी अर्थमन्त्रालय आएको जानकारी पाएपछि दुबै महानिर्देशक हतारिँदै मन्त्रालय पुगेका थिए। उनीहरुले संसदीय छानबिन समितिलाई के जवाफ दिने? भन्‍ने विषयमा सचिव मरासिनीसँग छलफल गरेको बताइएको छ। उनीहरुले राजस्व व्यवस्थापन महाशाखा प्रमुख बरालकहाँ गएर आफूहरु समस्यामा परेको गुनासो गरेका थिए। 

करका दरहरु हेरफेर गर्ने क्रममा आफूलाई मन्त्रीको कार्यकक्ष प्रवेशमा नै बन्धेज लगाइएकाले संसदीय समितिलाई सोही व्यहोरा जानकारी गराउने बताएपछि दुबै महानिर्देशकहरु थप अन्योलमा परेका थिए। करको दर हेरफेर गर्ने जिम्मेवारी राजस्व व्यवस्थापन महाशाखा प्रमुखको हैसियतमा बरालको भए पनि मन्त्रीको कार्यकक्ष प्रवेशमा रोक लगाइएको बजेट मस्यौदा लेखन समितिमा रहेका एक सहसचिवले बताए। 

करको दर हेरफेरमा महाशाखा प्रमुख बराललाई पनि प्रवेशमा रोक लगाएपछि उनी बजेट लेखनका अन्य काममा लागेको ती सहसचिवले बताए। करका दरहरुमा भएको हेरफेर सम्बन्धी जवाफ दिने प्रमुख दायित्व राजस्व सचिव कृष्णहरी पुष्करको भए पनि उनी अहिले अष्ट्रिया भ्रमणमा छन्। उनी १० दिनका लागि भ्रमणमा गए पनि संसदीय छानबिन सकेर मात्रै आउने तयारी भएको मन्त्रालयका एक कर्मचारी बताउँछन्। 

'अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गर्दा मन्त्रीलाई रोक्नुपर्ने दायित्व राजस्व सचिवको हो। उनले मन्त्रीलाई रोक्न नसक्नु उनको मुख्य गल्ती हो। तर, संसदीय छानबिन समिति छल्न उनी अष्ट्रियामा छन्। उनी छानबिन नसकि फर्किनेवाला छैनन्। उनी निकै धूर्त व्यक्ति हुन्,' ती कर्मचारीले भने। 

आफूलाई फोन गरेर बेलाबेलामा के भइरहेको भनेर सोध्‍ने गरेको समेत उनले सुनाए। अर्थमन्त्री शर्माले राजीनामा दिएपछि अर्थमन्त्रालयका अधिकांश कामहरु रोकिएका छन्। अर्थसचिवलाई प्रधानमन्त्रीले मन्त्रीसरह काम गर्ने अधिकार प्रत्योजन गर्नुपर्ने हुन्छ। तर, प्रधानमन्त्रीले त्यस्तो कुनै पनि अधिकार अर्थसचिवलाई नदिएकाले मन्त्रालयका कामहरु अड्किएका छन्। प्रधानमन्त्रीले अर्थसचिवलाई अख्तियार प्रत्योजन गरेपश्चात सचिवले अन्य सहसिचव र सहसचिवले तल्लो तहका कर्मचारीलाई अधिकार दिएपछि फाइलहरु अगाडि बढ्छन्। जसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थसचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालय बोलाएका छन्। शर्माको राजीनामा सँगै प्रधामन्त्री देउवाले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेकाले अर्थसचिव मरासिनीलाई भेट्नका लागि बोलाएका हुन्। आर्थिक वर्ष सकिन ८ दिन मात्रै बाँकी रहेकाले बजेट खर्च र राजस्व संकलनको काम प्रभावित हुन नदिनका लागि प्रधानमन्त्री देउवाले अर्थसचिवलाई काम गर्ने अख्तियारी दिनबोलाएको हुन सक्ने एक सहसचिवले बताए। 


प्रकाशित: Jul 07, 2022| 20:02 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...