बिहीबार, वैशाख ३१, २०८३

नीमा एकेडेमीको एपबाट एसईईको नतिजा हेर्न सकिने

नीमा एकेडेमी एपबाट एसईई परीक्षाको नतिजा हेर्न सकिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले असार महिनाभित्रै प्रकाशित गर्न लागेको एसईईको नतिजा नीमा एकेडेमीको ई(लर्निङ एपबाट एपबाट हेर्न सकिने भएको हो।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

National life

काठमाडौं– नीमा एकेडेमी एपबाट एसईई परीक्षाको नतिजा हेर्न सकिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले असार महिनाभित्रै प्रकाशित गर्न लागेको एसईईको नतिजा नीमा एकेडेमीको ई(लर्निङ एपबाट एपबाट हेर्न सकिने भएको हो।

‘नतिजा प्रकाशन हुनसाथ हुने हतारो र सिस्टम भारले गर्दा समयमै आफ्नो मूल्यांकन थाहा पाउन नसक्ने सरोकारवालाहरुको गुनासोलाई मध्यनजर गर्दै नीमा एकेडेमी एपले एकदमै छिटो र सरल उपायबाट थाहा पाउने संयन्त्र बनाएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसका लागि विद्यार्थीले आफ्नो विवरण (जन्ममिति र सिम्बोल नम्बर) एपमा दर्ता गर्नुपर्नेछ। नतिजा प्रकाशन हुनसाथ आफैं विद्यार्थीको मोबाइलमा नोटिफिकेसन जाने कम्पनीका प्रमुख कार्यकारी अधिकृत निश्चलमान प्रधानले जानकारी दए।

प्रकाशित: Jul 07, 2022| 14:33 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्