बिहीबार, असार ३२, २०८३

सिन्धुपाल्चोकमा बाढीले भत्कायो पुल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सिन्धुपाल्चोक- शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले जिल्लाको बाह्रवीसे खोर्सानीबारी र भोटेकोशी जोड्ने पुल बगाएको छ।
 
खोर्सानीबारी नजिकै साधीखोलामाथिको पुलको आधा भाग बगाएसँगै बार्हविसे र भोटेकोशीका स्थानीयहरुको आवतजावतमा समेत समस्या भएको छ। 

पुल क्षतिग्रस्त भएपछि मोटरसाइकलबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

प्राविधिकहरु आएर पुलको निरीक्षण गरेपछि मात्रै यातयात सञ्चालनबारे यकिन गर्न सकिने बाह्रबीसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।

गत वर्ष पनि भोटेकोशी गाउँपालिका नजिकै रहेको पक्की पुल बाढीले बगाएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।