जनकपुर-प्रदेशसभा २ लाई विशेष सम्बोधन गर्न जनकपुर जाँदै गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा उत्रने तयारीमा रहेका नौ युवालाई प्रहरीले पक्राउ गरेको छ ।
‘मधेशको माग सम्बोधन होस्’ भन्ने सन्देशसहितका प्लेकार्ड बोकेका नौ युवालाई विमानस्थल छिर्ने बाटोको दुई सय मिटर नजिकको श्याम चोकबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सरोज मिश्र, कमलेश यादव, सञ्जय यादव, आशुतोस झा, सन्देश मिश्रलगायत छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४