मंगलबार, चैत ३, २०८२

टिम नेपोको आयोजनामा ज्येष्ठ नागरिकका लागि नि:शुल्क स्वास्थ्य शिविर

टिम नेपोले नि:सहाय सेवा सदन मीनभवनमा नि:शुल्क जेरियाट्रिक शिविर र मनोवैज्ञानिक परामर्शको आयोजना गरेको छ।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

काठमाडौं- टिम नेपोले नि:सहाय सेवा सदन मीनभवनमा नि:शुल्क जेरियाट्रिक शिविर र मनोवैज्ञानिक परामर्शको आयोजना गरेको छ।

National life

टिम नेपोले वृद्धाश्रममा बस्ने ज्येष्ठ नागरिकलाई लाभान्वित गर्ने उद्देश्यले आठौं जेरियाट्रिक शिविर आयोजना गरेको हो। शिविरमा २६ जना जेष्ठ नागरिकले सामान्य स्वास्थ्य परीक्षण, नि:शुल्क औषधि र मनोवैज्ञानिक परामर्शबाट लाभान्वित भएका थिए।

भीएस निकेतन कलेज, आईएमडीएफ, इथिक्स फ्रम डाइभर्स प्रस्पेक्टिभ्स, अमोहा र भीएसएसओएम स्कलर्सको  सहकार्यमा मेडिकल शिविर आयोजना गरिएको थियो। नि:सहाय सेवा सदनका जेष्ठ नागरिकलाई विभिन्न रोगको परीक्षण, नि:शुल्क औषधि समेत चिकित्सकहरुले दिएका थिए। चिकित्सकहरु निगम पौडेल, सन्तोषसिंह थापा, हिमाल भट्ट, विशाल केसी, निरज शाह, सदिप कार्की र क्लिनिकल साइकोलोजिस्ट विजय ज्ञवालीको टोलीले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा सेवा गरेको थियो।

नि:सहाय सेवा सदनका योगेश अधिकारीले औपचारिक कार्यक्रमका बीच शिविरको समापन गरेका थिए। कार्यक्रममा टिम नेपोका अध्यक्ष डा. निगम पौडेल, उपाध्यक्ष प्रदीप गिरी, भीएसएसओएमका अध्यक्ष श्रीजल केसीले धन्यवाद ज्ञापन गर्दै जेष्ठ नागरिक तथा प्रतिनिधिहरुप्रति कृतज्ञता व्यक्त गरेका थिए।


Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 05, 2022| 13:20 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्