बिहीबार, असार ३२, २०८३

सिटिजन बैंकको ‘मेरो सिटिजन्स बचत खाता’ सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘मेरो सिटिजन्स बचत खाता’ सार्वजनिक गरेको छ। बैंकले सातै प्रदेशका नेपालीलाई लक्षित गरि उक्त नयाँ बचत योजना सार्वजनिक गरेको हो। 

योजना शुक्रबार काठमाडौंस्थित बैंकको मुख्य कार्यालय दरबारमार्गमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र ब्रान्ड एम्बेस्डर क्रिकेट खेलाडी ज्ञानेन्द्र मल्लले संयुक्त रुपमा गरेका हुन्।

न्यूनतम मौज्दात १०० रुपैयाँमा नै खाता खोल्न मिल्ने ‘मेरो सिटिजन्स बचत खाता’ मा निशुल्क अन्तर शाखा कारोबार (एबीबीएस), निःशुल्क सिटिजन्स स्मार्ट (मोबाईल) बैंकिङ सुविधा, अनलाईन कारोबार गर्न सुरक्षित ३ डी सेक्योर प्रविधिमा निशुल्क दर्ता गर्न सकिने जनाइएको छ।  

त्यस्तै खातामा निशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, विदेशी मुद्रामा ड्राफ्ट÷स्विफ्ट जारी गर्दा ५० प्रतिशत छुट, निशुल्क आस्वा सेवा जस्ता विभिन्न आकर्षक विशेषताहरु उपलब्ध गरेको बैंकले जानकारी  दिएको छ।
 
बैंककाअनुसार दैनिक मौज्दातमा ७ प्रतिशत ब्याज गणना गरी त्रैमासिक रुपमा भुक्तानी गर्नु उक्त योजनाको प्रमुख विशेषता रहेको छ। हाल बैबैंकले ‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नारालाई आत्मसाथ गरी  नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। 

बैंकले देशभर आफ्नो ७९ वटा शाखा, ७१ वटा एटीएम र ९९ वटा शाखारहित बैंकीङ एकाईहरुमार्फत करिब तीन लाख पचास हजार ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको जानकारी  दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्