बिहीबार, असार ३२, २०८३

ज्योति लाईफ इन्स्योरेन्सको नाफा ११ करोड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- ज्योति लाईफ इन्स्योरेन्सले १० करोड ९० लाख रुपैयाँ मुनाफा कमाएको छ। गत आर्थिक वर्ष ०७४-७५ को चौथो त्रयमासमा खुद वीमा शुल्कमा १५४ प्रतिशतले वृद्धी गर्दै २८ करोड ५० लाख  रुपैयाँ वीमा शुल्क आर्जन गरेको छ। जसमा खुद मुनाफा अघिल्लो त्रयमासको तुलनामा ६९ प्रतिशतले वृद्धि गरी १० करोड ९० लाख रुपैयाँ आर्जन गरेको हो।

त्यस्तै कम्पनीले चौथो त्रयमासमा अल्पकालिन लगानीलाई घटाइ दिर्घकालिन लगानीमा जोड दिएको बताएको छ। दिर्घकालिन लगानीमा ५७ प्रतिशत वृद्धी गरेको छ भने अल्पकालिन लगानीमा ८५ प्रतिशत कमी ल्याएको छ। 

कम्पीनको  जगेडा कोष ६० प्रतिशतले वृद्धी  भइ ११ करोड ८६ लाख रुपैयाँ पुगेको छ। जीवन वीमा कोष ६३ प्रतिशतले वृद्धी भइ १६ करोड १ लाख रुपैयाँ पुगेको छ। 

समिक्षा अवधि सम्ममा कम्पनीले एक वटा मात्रै दाबी भुक्तानीको लागि निवेदन प्राप्त गरेको र उक्त दाबीभुक्तानी समेत गरिसकेको जानकारी दिएको छ।
 
यसै क्रममा १० महिना अगाडि मात्रै आफ्नो व्यवसाय शुरु गरेको ज्योतिलाईफ इन्स्योरेन्सले छोटो अवधिमा नै उत्कृष्ट कार्य गर्दै गत आवको चौथो त्रयमासको वित्तीय विवरण प्रकाशन गरेको कम्पनीको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्