मंगलबार, चैत ३, २०८२

सोमबार थपिए ४० कोरोना संक्रमित, भेटियो ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति

काभ्रेस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अनुवांशिक अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको हो।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

काठमाडौं– पछिल्लो २४ घन्टामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार १ हजार ८४७ जनाको पीसीआर परीक्षणमा ३४ र १ हजार १६३ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ४० जनामा संक्रमण पुष्टि भएको हो।

National life

पछिल्लो २४ घन्टामा कोरोनाबाट १९ जना निको भएका छन् भने हाल देशभर ३४८ जना सक्रिय संक्रमित छन्। यीमध्ये ३४४ होम आइसोलेसनमा, ४ जना संस्थागत आइसोलेस र  र ४ जना आईसीयूमा रहेको मन्त्रालयले बताएको छ। एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको भेटिएको छ। काभ्रेस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अनुवांशिक अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले जानकारी दिए।

उनका अनुसार देखिएको संक्रमणमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति ‘बीए५यू’ हो। निर्देशक दासले नयाँ प्रजातिको भेरियन्टबारे अध्ययन भइरहेको बताए। ‘हामीलाई आइतबार मात्रै धुलिखेल अस्पतालबाट ओमिक्रोनको नयाँ प्रजाति भेटिएकोबारे जानकारी प्राप्त भएको छ’ उनले भने, ‘कुन बिरामीमा ओमिक्रोनको नयाँ प्रजाति भेटिएको हो, त्यसबारे अध्ययन गरिरहेका छौं।

नेपालमा यसअघि ओमिक्रोनको बीएटू प्रजातिको भेरियन्ट भेटिएको थियो। महाशाखाले पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संक्रमित बिरामीको नमुनाको जीन सिक्वेन्सिङ अध्ययन गरिरहेको छ। निर्देशक डा. दासले एक÷दुई दिनमा काठमाडौंमा गरिएको जीन सिक्वेन्सिङबारे थाहा हुने बताए। नेपालमा केही दिनयता कोरोनाको संक्रमण दर बढिरहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 04, 2022| 17:17 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्