सोमबार, मंसिर २९, २०८२

पहिरो गएपछि बन्द भएको दशरथचन्द राजमार्ग सञ्चालनमा

बैतडीमा पहिरो गएपछि बन्द भएको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ।
 |  सोमबार, असार २०, २०७९

रासस

रासस

सोमबार, असार २०, २०७९

बैतडी- बैतडीमा पहिरो गएपछि बन्द भएको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ।

National life

राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने ठाउँमा पहिरो खसेपछि हिजो दिउँसो ३ बजेदेखि राजमार्ग बन्द भएको थियो।

बन्द भएको राजमार्ग आज बिहानदेखि पूर्णरूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो। गएराति ९ बजे एकतर्फी सञ्चालनमा आएको भए पनि पूर्णरूपमा भने आज बिहान मात्रै खुलेको हो।

सडक डिभिजन कार्यालयसँगको समन्वयमा लगिएको डोजरले पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो। राजमार्ग बन्द भएपछि अलपत्र परेका यात्रु सडक खुलेसँगै आ–आफ्नो गन्तव्यमा गएका छन्।

अहिलेलाई सडक सञ्चालनमा आएको भए पनि वर्षा भएपछि त्यस ठाउँमा पहिरो खस्ने सम्भावना कायमै रहेको प्रहरी निरीक्षक जोशीको भनाइ छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 04, 2022| 10:51 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।