बिहीबार, असार ३२, २०८३

रिहालगत्तै पुन: पक्राउ परे प्रकाण्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- गैरकानूनी रूपमा चन्दा असुली गरेको आरोपमा २२ साउनमा पक्राउ परी हिरासतमा राखिएका नेपाल कम्युनिस्ट पार्टी 'विप्लव' समूहका प्रवक्ता खड्ग विश्वकर्मा प्रकाण्ड पुन: पक्राउ परेका छन्। 

उनलार्इ शुक्रबार सर्वोच्चले अदालतले रिहा गर्ने आदेश दिएलगत्तै काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको डीएसपी मोहनकुमार थापाले जानकारी दिए। 

डीएसपी थापाका अनुसार केही महिनाअघि काभ्रेमा एनसेल टावरमा आगजनी गराएको अभियोगमा उनलार्इ फेरि पक्राउ गरिएको हो। सार्वजनिक सम्पति नष्ट गरेकोसमेत अभियोग लागेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।   

यसअघि प्रकाण्डका छोरा नरेन्द्रबहादुरले उनलाई गैरकानूनी थुनामा राखेको बताउँदै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। जसको सुनुवार्इ गर्दै न्यायाधीश चोलेन्द्रसमशेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको थियो ।

यसअघि करिब सात करोड रुपैयाँ चन्दा असुली गरेको अभियोगमा नेपाल प्रहरीको विशेष ब्युरोले उनलाई दक्षिणकालीबाट पक्राउ गरेको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।