मंगलबार, चैत ३, २०८२

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तत्काल स्वास्थ्य बिमा कार्यक्रम बन्द नहुने

प्रतिष्ठानले आफूले पाउनु पर्ने रकम शोधभर्ना नभएको भन्दै २० असार देखि बिमा कार्यक्रम रोक्ने बताएको थियो तर प्रतिष्ठानले आफ्ना माग पुरा गर्न ७ साउनसम्मको समयावधि दिँदै तत्काल कार्यक्रम बन्द नगर्ने जनाएको छ।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तत्काल स्वास्थ्य बिमा कार्यक्रम बन्द नहुने भएको छ।

National life

प्रतिष्ठानले आफूले पाउनु पर्ने रकम शोधभर्ना नभएको भन्दै २० असार देखि बिमा कार्यक्रम रोक्ने बताएको थियो तर प्रतिष्ठानले आफ्ना माग पुरा गर्न ७ साउनसम्मको समयावधि दिँदै तत्काल कार्यक्रम बन्द नगर्ने जनाएको छ। 

अस्पताल निर्देशक डा जगतनारायण प्रसादले विज्ञप्ति जारी गर्दै आगामी ७ साउनसम्म पाउनु पर्ने रकम नपाए ८ साउन देखि बिमा बन्द गर्ने उल्लेख गरेका छन्।

विज्ञप्तिमा धरानका मेयर, डा. भगवान कोइराला तथा बिमा बोर्डका अधिकारीहरुसंग भएको छलफल पछि बन्द गर्ने कार्यक्रमलाई तत्कालका लागि स्थगित गरिएको बताइएको छ।

प्रकाशित: Jul 04, 2022| 09:44 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्