काठमाडौं- नेपाली तथा अमेरिकी सेनाको संयुक्त सञ्चार प्रशिक्षण सम्पन्न भएको छ।
साउन २१ गते काठमाडौंका होटल याक एण्ड यतिमा आयोजित मल्टीनेशनल कम्यूनीकेसन ईन्टर-ओपेरावीलीटी प्रोग्राम (म्यासीप) मा नेपाली सेना अमेरिकी सेनाको युनाईटेड स्टेड प्यासीफीक कमाण्डअर्न्तगत प्यासीफीक ईण्डेभोर-१८९ पिई-१८० ले सञ्चालन गरेको कार्यक्रम काठमाडौंमा १० दिन संचालन गरिएको थियो।
कार्यक्रममा नेपाल, अमेरीकालगायत अन्य २० राष्ट्रका सेनाका २७० जना सहभागी भएको नेपाली सेनाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
प्रशिक्षण कार्यक्रममा सञ्चार सम्बन्धी भएका अध्ययन, छलफल अन्तक्रियाको साथै सम्बन्धित विज्ञहरुद्धारा साईबर सुरक्षा फ्रिक्वेन्सी व्यवस्थापन विषयमा प्रशिक्षण, विपत व्यवस्थापान, प्रस्तुतीकरण तथा चुनैतीको समुहिक सहभागीता, सहयोग तथा अनुभव आदानप्रदान गर्नेलगायतका विषयमा अर्न्तक्रिया गरेको नेपाली सेनाले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४