बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

उत्तर कोरियाद्वारा त्रिपक्षीय सैन्य सहयोगको आलोचना

उत्तर कोरियाले आफूलाई लक्ष्यित गरी संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानले त्रिपक्षीय सैन्य सहयोग बढाउन जोड दिएकामा त्यसको आलोचना गर्दै उक्त कदमले आफ्नो देशको सैन्य क्षमता तत्काल सुदृढ गर्न अपरिहार्य भएको बताएको छ।
 |  सोमबार, असार २०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

प्योङयाङ- उत्तर कोरियाले आफूलाई लक्ष्यित गरी संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानले त्रिपक्षीय सैन्य सहयोग बढाउन जोड दिएकामा त्यसको आलोचना गर्दै उक्त कदमले आफ्नो देशको सैन्य क्षमता तत्काल सुदृढ गर्न अपरिहार्य भएको बताएको छ। 

himalayan bank box

उत्तर कोरियाले लामो समयदेखि आफ्नो आणविक कार्यक्रमलाई अगाडि बढाउन संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले गरेको शत्रुतापूर्ण व्यवहारको निन्दा गर्दै त्रिदेशीय सैन्य सहयोगले आफ्नो सैन्य क्षमता बढाउन बाटो खोलेको जनाएको छ। उत्तर कोरियाका छिमेकीहरूले पनि प्योङयाङ हतियार परीक्षणहरूको उत्तेजक दौडमा रहको तथा पाँच वर्षपछि पहिलो आणविक परीक्षणको लागि तयार रहेको बताएका छन्। 

पछिल्लो परिस्थितिले कोरियाली प्रायद्वीप र बाँकी विश्वको सुरक्षा वातावरणको द्रुत गतिमा बढ्दो तीव्र वृद्धिसँगै त्यसको सक्रियताका साथ सामना गर्न देशको प्रतिरक्षा निर्माण तत्काल गर्नुपर्नेमा जोड दिँदै उत्तर कोरियाको विदेश मन्त्रालयले आह्वान गरेको छ। यद्यपि उसले आफ्नो सैन्य सामथ्र्य कसरी बढाउने भन्ने बारेमा केही उल्लेख गरेको छैन। 

गत साता स्पेनमा भएको उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो) शिखर सम्मेलनको साइडलाइनमा अमेरिका, दक्षिण कोरिया र जापानी नेताहरूबीच भएको त्रिपक्षीय बैठकमा उत्तर कोरियाको आणविक चुनौतीको सामना गर्न पारस्परिक सहयोग अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो। 

प्रकाशित: Jul 04, 2022| 04:35 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।