सोमबार, असोज ८, २०८०

भारतले अनुदानमा दियो ७५ एम्बुलेन्स र १७ स्कुल बस

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बस र एम्बुलेन्स विभिन्न संस्थाका प्रतिनिधिहरूलाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा मन्त्री पौडेल र नेपालका लागि भारतीय रादजुत श्रीवास्तवले नेपाल र भारतको सम्बन्ध बलियो र सहयोगीपूर्ण हुने उल्लेख गरेका थिए।
 |  आइतबार, असार १९, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

काठमाडौं- भारत सरकारले नेपाललाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार प्रदान गरेको छ। ७५औँ  स्वतन्त्रता वर्षको अवसर पारेर भारतले अनुदानमा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको हो।  

sagarmatha cement

आइतवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न संघसंस्थाहरुमा एम्बुलेन्स र विद्यालय बस उपहार दिएको हो। नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामुलक संस्थाहरुलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दुतावासले जनाएको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बस र एम्बुलेन्स विभिन्न संस्थाका प्रतिनिधिहरूलाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा मन्त्री पौडेल र नेपालका लागि भारतीय रादजुत श्रीवास्तवले नेपाल र भारतको सम्बन्ध बलियो र सहयोगीपूर्ण हुने उल्लेख गरेका थिए। 

भारतले सन् १९९४ यता नेपालका विविध जिल्लामा अवस्थित विभिन्न संस्थाहरुलाई ९४० वटा एम्बुलेन्स र १८४ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरिसकेको छ।

प्रकाशित: Jul 03, 2022| 15:18 आइतबार, असार १९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

वरदान हो उच्च रेशायुक्त आहार

वरदान हो उच्च रेशायुक्त आहार

अध्ययनका अनुसार यदि हामीले आहारमा रेशाको मात्रा दैनिक १० ग्राम बढायौं भने मृत्युको खतरा १५ प्रतिशतसम्म कम हुनजान्छ। खानामा उपलब्ध रेशाले कोलेस्ट्रोल र उच्च रक्तचापलाई...
योगले शरीरमा कस्तो प्रभाव पार्छ ?

योगले शरीरमा कस्तो प्रभाव पार्छ ?

हाम्रो पूर्खाहरुले दोस्रो विकल्प सर्वोत्तम ठाने। त्यसैले रोग लागेर अस्पताल धाउने, उपचार गर्ने भन्दा पनि रोगमुक्त जीवन बाँच्ने खोज–अभ्यास गरे। त्यसैको नतिजा थियो, योग।
काँचुली फेर्दै सरस्वती स्कुल, जसले बनायो राष्ट्रपतिदेखि प्राध्यापकसम्म

काँचुली फेर्दै सरस्वती स्कुल, जसले बनायो राष्ट्रपतिदेखि प्राध्यापकसम्म

२०७९ असोज ६ गते पूर्वराष्ट्रपति डा. रामवरण यादवले विद्यालयको नयाँ भवनको शिलान्यास गरेका थिए।
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने समय थपियो

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने समय थपियो

तिज, संविधान दिवस र शैक्षिक हड्तालले खोप लगाउने कार्य प्रभावित भएपछि थपियो समय।