मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डीभी परेर अमेरिका पुगेकी ज्योतिले गरिन् अन्तरिक्षयात्राबारे अनुसन्धान*

डीभी परेर अमेरिका पुगेकी ज्योतिले गरिन् अन्तरिक्षयात्राबारे अनुसन्धान*

अन्तरिक्षमा जस्तो वातावरण हुन्छ, त्यस्तै वातावरणमा बसेर उनले उक्त अनुसन्धान गरेकी हुन्। लुनारेसको फेसबुक पेजमा २५ मे देखि ११ जुन २०२२ सम्मको मिसनमा उनी एनालग एस्ट्रोनटका रुपमा बसेको उल्लेख छ।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

काठमाडौं– डीभी परेर अमेरिका पुगेकी कपिलवस्तुकी ज्योति केसीले दुई साताको एनालग एस्ट्रोनटसम्बन्धी अनुसन्धान गरेकी छन्। एनालग एस्ट्रोनटले पृथ्वीमै अन्तरिक्षमा हुँदाको जस्तो वातावरण बनाइएको ठाउँमा निश्चित अवधिसम्म बसेर अन्तरिक्षयात्रीको भूमिकामा रहेर विभिन्न अनुसन्धानमा सघाउने काम गर्छ।

अन्तरिक्षमा जस्तो वातावरण हुन्छ, त्यस्तै वातावरणमा बसेर उनले उक्त अनुसन्धान गरेकी हुन्। लुनारेसको फेसबुक पेजमा २५ मे देखि ११ जुन २०२२ सम्मको मिसनमा उनी एनालग एस्ट्रोनटका रुपमा बसेको उल्लेख छ। 

तस्बिर ज्याेतिको फेसबुकबाट

अन्तरिक्षयात्रीको अनुसन्धानमा सहभागी भएकी उनी अन्तरिक्षमा गएकी भने होइनन्, अनुसन्धानका लागि पृथ्वीमै अन्तरिक्षजस्तो वातावरण बनाइएको स्थानमा दुई साता बसेकी हुन्।

केसीका बुबा नरबहादुर छोरीले 'ठूलो उपलब्धि हासिल गरेको' बताउँछन्। केसीले २ हप्ताको अनुसन्धानमा आफू सहभागी भएको फेसबुकमा लेखेकी छन्। यस्तो अनुसन्धान गर्ने आफू पहिलो नेपाली भएको उनको दाबी छ।

(*यसअघि प्रकाशित समाचार शीर्षक र विवरण अन्यथा पर्न गएकाले पाठकवर्गमा पर्न गएको सन्देह र असुविधाप्रति क्षमायाचनासहित सच्याइएको छ। -सम्पादक)

प्रकाशित: Jul 03, 2022| 15:55 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।